मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राष्ट्रिय सम्मानका साथ भिक्षु ज्ञानपूर्णिकको अन्त्येष्टि

राष्ट्रिय सम्मानका साथ भिक्षु ज्ञानपूर्णिकको अन्त्येष्टि

सातौं संघनायक डा. भिक्षु ज्ञानपूर्णिक महास्थवीर अग्गमहापण्डितको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ।
 |  आइतबार, असार २१, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असार २१, २०७७

काठमाडौं- सातौं संघनायक डा. भिक्षु ज्ञानपूर्णिक महास्थवीर अग्गमहापण्डितको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ। नेपालको थेरवादी बौद्ध जगतका शिखर व्यक्तित्व भिक्षु ज्ञानपूर्णिकको ललितपुरस्थित शंखमूल घाटमा आइतबार बौद्ध परम्पराअनुसार अन्त्येष्टि गरिएको हो।

भिक्षु ज्ञानपूर्णिकलाई कार्यवाहक संघ नायक भिक्षु बोधिसेन महास्थवीर र अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु मैत्री महास्थवीरले दागबत्ती दिएपछि उनका आफन्तजन श्रीदेवी गुभाजु, प्रदीप बज्राचार्य र रम्भा शाक्यले अग्नि संस्कार गरेको भिक्षु निग्रोधले जानकारी दिए।

अग्नि संस्कारअघि उनको पार्थिव शरीरमा पूर्वमन्त्री एवं सांसद कृष्णगोपाल श्रेष्ठले नेपालको राष्ट्रिय झण्डा ओडाएका थिए।

सो अवसरमा नेपाली सेनाको एक टुकडीले स्व भिक्षु ज्ञानपूर्णिकलाई सम्मानस्वरुप सलामी अर्पण गरेको थियो। उनको अन्त्येष्टिमा सांसदहरु सुजिता शाक्य, बिना श्रेष्ठ र शोभा शाक्य, ललितपुर महानगरपालिकाका नगर प्रमुख चिरिबाबु महर्जनलगायत सहभागी थिए।

यसअघि तीनकुनेस्थित विश्वशान्ति विहारबाट भिक्षु ज्ञानपूर्णिकको शव यात्रा निकालिएको थियो। उनको ८१ वर्षको उमेरमा शुक्रबार ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा निधन भएको थियो।

मिर्गौला रोगबाट पीडित उनीनियमित डायलासिस गराउँदै आएका थिए। भिक्षु ज्ञानपूर्णिकलाई श्रद्धाञ्जलि दिन तीन दिनसम्म उनको पार्थिव शरीर विश्वशान्ति विहारमा राखिएको थियो।

भिक्षु ज्ञानपूर्णिकले बुद्ध धर्मबारे ६० भन्दा बढी पुस्तक लेखेका छन्। उनी धर्मोदय महासभाका अध्यक्षसमेत भएका थिए।

भिक्षु ज्ञानपूर्णिकको जन्म १९९६ साल मंसिर ६ गते पाल्पाको तानसेनमा बुबा सूर्यलाल शाक्य र आमा चन्द्रमाया शाक्यको कान्छो छोराका रुपमा भएको थियो।

भिक्षु हुनुभन्दाअघि उनको नाम हीरालाल शाक्य थियो। उहाँ लुम्बिनी बौद्ध विश्वविद्यालयअन्तर्गतको थेरवादी बौद्ध एकेडेमीको संरक्षक र संस्थापक अध्यक्षसमेत थिए। -रासस

प्रकाशित: Jul 05, 2020| 21:11 आइतबार, असार २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।