काठमाडौं- बागमती प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या ५५९ पुगेको छ।
आइतबार भक्तपुरमा १, धादिङमा १, सिन्धुपाल्चोकमा २, नुवाकोटमा २, ललितपुरमा २, मकवानपुरमा २ र काठमाडौंमा २७ गरी ३९ जनामा संक्रमण पुष्टि भएसँगै यो प्रदेशमा संक्रमितको संख्या ५५९ पुगेको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार संक्रमितको सम्पर्कमा आएका व्यक्तिको खोजी, सम्पर्कमा रहेका व्यक्तिहरुको फलोअप र अन्य आवश्यक व्यवस्थापन कार्य भइरहेको छ। बागमीत प्रदेशमा अहिलेसम्म २०८ जना कोरोना भाइरसमुक्त भएका छन्। ३४५ जनाको विभिन्न अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ भने ६ जनाको मृत्यु भएको छ।
मन्त्रालयका अनुसार बागमती प्रदेशमा २०९४ जना क्वारेन्टिनमा छन्। यस्तै १२८४ जना होम क्वारेन्टिनमा छन्् । १२९८ आइसोलेसन बेड तयारी अवस्थामा छन् भने ती बेडमा अहिले २८७ जना रहेको मन्त्रालयका बस्दै आएको मन्त्रालयका प्रवक्ता पुरुषोत्तमराज सेढाईंले जानकारी दिए।
जिल्लागत रुपमा संक्रमितको विवरण
काठमाडौं : १३६
ललितपुर : १९
भक्तपुर : २९
रसुवा : १०
नुवाकोट : २६
धादिङ : १२२
चितवन : ८५
सिन्धुली : १५
मकवानपुर : २१
रामेछाप : २९
दोलखा : ६
काभ्रे : ८
सिन्धुपाल्चोक : ५३
