मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ‘इनफ इज इनफ’ अभियानप्रति गगन थापादेखि हिसिला यमीसम्मको ऐक्यबद्धता

‘इनफ इज इनफ’ अभियानप्रति गगन थापादेखि हिसिला यमीसम्मको ऐक्यबद्धता

केही समयअघि सुरु भएको ‘इनफ इज इनफ’ अभियानप्रति युवा राजनीतिकर्मी तथा विभिन्न क्षेत्रका अगुवाहरुले ऐक्यवद्धता जनाएका छन्।
 |  आइतबार, असार २१, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असार २१, २०७७

केही समयअघि सुरु भएको ‘इनफ इज इनफ’ अभियानप्रति युवा राजनीतिकर्मी तथा विभिन्न क्षेत्रका अगुवाहरुले ऐक्यवद्धता जनाएका छन्।

स्वतःस्फूर्त रूपमा युवाहरूले सरकारलाई झकझक्याउने र कोभिड १९ सँग जुध्न सरकारलाई सकारात्मक दबाब दिने उद्देश्यले ‘इनफ इज इनफ’ अभियान सञ्चालन गरिरहेको भन्दै उनीहरुले विज्ञप्ति निकालेर ऐक्यवद्धता जनाएका हुन्।

उक्त अभियानमा ऐक्यवद्धता जनाउनेमा कुन्ती शाही, गगनकुमार थापा, डा. द्वारिकानाथ ढुङ्गेल, डा. प्रेमसिंह बस्न्यात, बालकृष्ण न्यौपाने, विराजबहादुर बिष्ट, डा. भोजराज पोखरेल, मिलन पाण्डे, रमेश खरेल, डा. सुरेन्द्र भण्डारी र हिसिला यमी छन्।

पीसीआर टेस्ट बढाउनुपर्ने, क्वारेन्टिन सुधार गर्नुपर्ने, महामारीमा अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मीहरूको सुरक्षाप्रति संवेदनशील रहनुपर्ने लगायतका माग राख्दै अभियन्ताद्वय ईः र पुकार बमको आमरण अनसनको १० दिन भइसक्दा पनि सरकारले उनीहरूको मागलाई सम्बोधन गर्नेतर्फ कुनै चासो नदेखाएको आज प्रकाशित विज्ञप्तिमा उल्लेख छ।

सम्बन्धित पक्षसँग शीघ्र वार्ता गरी ह्याम्स अस्पतालमा अनसनरत अभियन्ताद्वय ईः र पुकार बमको जीवनरक्षा गर्न सरकारसँग माग पनि गरिएको छ। सरकारको असक्षमता र निर्णयहीनताका कारण कुनै अप्रिय स्थिति उत्पन्न हुनपुगेमा त्यसको सम्पूर्ण जिम्मेवारी सरकारको नै रहने विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: Jul 05, 2020| 18:42 आइतबार, असार २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।