मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बैठक माग गर्दै नेकपा केन्द्रीय सदस्यको हस्ताक्षर अभियान

बैठक माग गर्दै नेकपा केन्द्रीय सदस्यको हस्ताक्षर अभियान

केन्द्रीय कमिटी बैठकको माग गर्दै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्यहरुले हस्ताक्षर अभियान सुरु गरेका छन्।
 |  आइतबार, असार २१, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असार २१, २०७७

काठमाडौं– केन्द्रीय कमिटी बैठकको माग गर्दै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्यहरुले हस्ताक्षर अभियान सुरु गरेका छन्।

अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल– माधव नेपाल पक्षबीच चरम विवाद देखिएको बेला केन्द्रीय सदस्यहरुले बैठकको माग गरेका हुन्।

नेकपाको असार १० गतेदेखि स्थायी कमिटी बैठक चलिरहेको छ। शनिबारका लागि तोकिएको बैठक दुई अध्यक्षबीच थप छलफल गर्ने भन्दै स्थगित गरिएको थियो।

शनिबार बेलुका मात्रै प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओलीले मन्त्री तथा राज्यमन्त्रीहरुलाई बोलाएर दुईमध्ये एक अध्यक्षको पक्ष लिन निर्देशन दिएका थिए।

सहमतिका लागि आज दुई अध्यक्षबीच छलफल भए पनि निष्कर्षमा पुग्न सकेन।

नेकपामा ४५ सदस्यीय स्थायी कमिटी र ४४१ सदस्यीय केन्द्रीय कमिटी छ। पार्टीको विधानअनुसार २५ प्रतिशत अर्थात् ११० जना सदस्यले हस्ताक्षर गरे केन्द्रीय कमिटी बैठक बोलाउनु पर्छ।

 

प्रकाशित: Jul 05, 2020| 18:21 आइतबार, असार २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।