मंगलबार, भदौ ९, २०८३

नेकपाको घरझगडामा सहभागी हुँदैनाै‌ं : कांग्रेस

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक झगडामा सहभागी नहुने स्पष्ट पारेको छ।
 |  आइतबार, असार २१, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असार २१, २०७७

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक झगडामा सहभागी नहुने स्पष्ट पारेको छ।

आइतबार केन्द्रीय कार्यसमिति बैठकपछि आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले नेकपाको आन्तरिक मामिलामा कांग्रेस सहभागी नहुने स्पष्ट पारेका हुन्।

‘नेकपाको घरझगडालाई प्रतिपक्षीका नाताले कांग्रेसले नजिकबाट हेरिरहेको छ’ शर्माले भने, ‘तर त्यसमा हाम्रो कुनै भूमिका हुने छैन।’

नेकपाको एकता र विभाजन, प्रधानमन्त्रीको बहिर्गमन र निरन्तरता उनीहरुको घरायसी कुरा भएको भन्दै शर्माले यसमा कांग्रेसको कुनै भूमिका नरहने बताए।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग सभापति शेरबहादुर देउवाले भेट गरेको जानकारी दिँदै शर्माले भेटमा समसामयिक विषयमा कुराकानी भएको बताए। संवैधानिक नियुक्ति, संसद अधिवेशन स्थगितलगायतका विषयमा छलफल भएको उनको भनाइ छ।

प्रधानमन्त्री ओलीले गत बुधबार कांग्रेस सभापति देउवालाई वालुवाटारमा बोलाएर नेकपामा चुलिएको विवाद र आगामी दिनमा हुनसक्ने सत्ता साझेदारीका विषयमा छलफल गरेको बताइएको छ।

कांग्रेसको जारी केन्द्रीय समितिको बैठकमा पनि सभापतिले प्रधानमन्त्रीसँग भेट गरेको विषयमा प्रश्न उठेको छ।

प्रधानमन्त्री ओलीले आइतबार नेकपा संसदीय दलका उपनेता तथा स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङलाई देउवा निवास बुढानिलकण्ठ पठाएर सहयोगको आग्रह गरेको का‌ंग्रेस उच्च स्रोतले जनाएको छ।

प्रकाशित: Jul 05, 2020| 18:20 आइतबार, असार २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।