मंगलबार, भदौ ९, २०८३

यो वर्ष बोलबम मेला नगरिने

साउन महिनाभर लाग्ने श्रावणी मेला अर्थात् बोलबम यस वर्ष नुहने भएको छ।
 |  आइतबार, असार २१, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असार २१, २०७७

काठमाडौं- साउन महिनाभर लाग्ने श्रावणी मेला अर्थात् बोलबम यस वर्ष नुहने भएको छ।

कोरोना महामारीका कारण यस वर्षको बोलबम मेला स्थगित गरिएको हो। बोल बम कावरिया संघ, भोलेनाथ कावरिया संघ, ओम बोलबम कावरिया संघ र श्री पशुपतिनाथ कावरिया संघले आइतबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर यो वर्षको श्रावणी मेला स्थगित गरिएको जानकारी गराएका हुन्।

शनिबार बोल बम कावरिया संघको कार्यालयमा संघका अध्यक्ष रामआज्ञा रौनियारको अध्यक्षतामा बसेको बैठकले यो वर्षको श्रावणी मेला कोरोना भाइरसको कारण स्थगित गर्ने निर्णय गरेको बोल बम कावरिया संघका कार्यवाहक अध्यक्ष विश्वनाथ प्रसाद गुप्ताले जानकारी दिए।

पत्रकार सम्मेलनमा बोल बम कावरिया संघका अध्यक्ष रामआज्ञा रौनियार, उपाध्यक्ष उमेशकुमार चौधरी, भोलेनाथ काँवरिया संघका कोषाध्यक्ष नरेश तिवारी, ओम बोलबम कावरिया संघका कोषाध्यष कनहैयालाल ठाकुर र श्री पशुपतिनाथ कावरिया संघका रामायण प्रसाद गुप्ता सहभागी थिए।

उनीहरुले पनि कोरानाकै कारण आफूहरुले यो वर्षको श्रावणी मेला स्थगित गरेको जनाएका थिए।

प्रकाशित: Jul 05, 2020| 18:01 आइतबार, असार २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।