मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेकपा १४ जिल्ला अध्यक्षले भने– पार्टीभित्रको समस्या समाधान नभए जनताप्रति धोका हुन्छ

नेकपा १४ जिल्ला अध्यक्षले भने– पार्टीभित्रको समस्या समाधान नभए जनताप्रति धोका हुन्छ

सत्तारुढ नेकपा प्रदेश १ का १४ वटै जिल्ला अध्यक्षले पार्टी विभाजन रोक्न माग गरेका छन्।
 |  आइतबार, असार २१, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असार २१, २०७७

विराटनगर– सत्तारुढ नेकपा प्रदेश १ का १४ वटै जिल्ला अध्यक्षले पार्टी विभाजन रोक्न माग गरेका छन्।

उनीहरुले करिब दुई तिहाइको जनमतसहित प्राप्त जिम्मेवारीलाई गम्भीरतापूर्वक मनन गर्नसमेत आग्रह गरेका छन्। आपसी विवादले पार्टीलाई गम्भीर क्षति पुर्याउने भन्दै उनीहरुले चिन्ता व्यक्त गरे।

पार्टी अध्यक्षहरुले टुटफुट र विभाजन रोक्ने गरी पहल गर्न नेतृत्व र आमपार्टी पंक्तिमा पनि आग्रह गरेका छन्। १४ जिल्लाका अध्यक्षहरुले आइतबार विराटनगरमा सामूहिक पत्रकार सम्मेलन गरी यस्तो माग गरेका हुन्।

नेकपा मोरङ अध्यक्ष ऋषिकेश पोखरेलले पार्टी विधान र निर्वाचनमा जनतासँग गरेको प्रतिबद्धतालाई हृदयंगम गरी पार्टी एकतामा जोड दिए।

समृद्ध नेपाल र सुखी नेपालीको नारालाई सार्थक तुल्याउनुपर्ने समयमा आपसी विवादले पार्टीलाई गम्भीर क्षति पुर्याउने उनले बताए। उनले भने, ‘अहिलेको समस्याको सही समाधान नभएमा देश र जनताप्रति धोका हुनेछ।’

पार्टी एकतालाई कमजोर पार्ने कुनै पनि गतिविधि संलग्न नहुन पार्टी सदस्यहरुलाई उनले आग्रह गरे । १४ जिल्लाका तर्फबाट पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई ध्यानाकर्षण पत्र बुझाइने अध्यक्ष पोखरेलले बताए ।

पत्रकार सम्मेलनमा नेकपा केन्द्रीय सदस्य गुरु बरालले एकताको विकल्प नभएको बताए।

प्रकाशित: Jul 05, 2020| 17:30 आइतबार, असार २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।