मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कृषि विकास बैंकको सिस्टम ह्याक गर्ने गिरोहका सदस्य १० महिनापछि पक्राउ

कृषि विकास बैंकको सिस्टम ह्याक गर्ने गिरोहका सदस्य १० महिनापछि पक्राउ

कृषि विकास बैंकको सिस्टम ह्याक गरेर रकम निकाल्ने गिरोहका एक सदस्य १० महिनापछि पक्राउ परेका छन्।
 |  आइतबार, असार २१, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असार २१, २०७७

काठमाडौं- कृषि विकास बैंकको सिस्टम ह्याक गरेर रकम निकाल्ने गिरोहका एक सदस्य १० महिनापछि पक्राउ परेका छन्।

महानगरीय अपराध महाशाखाको टोलीले गिरोहका सदस्य धादिङका सौजन तामाङलाई ललितपुरबाट नियन्त्रणमा लिएको हो।

महाशाखाले गत असोजमा गिरोहका १२ सदस्यलाई पक्राउ गरेको थियो। महाशाखा प्रमुख दीपक थापाका अनुसार विदेशी ह्याकरको सहयोगमा उक्त समूहले कृषि विकास बैंकको सफ्टवयेर ह्याक गरी नेपाली नागरिकमार्फत एटीएमबाट पैसा निकाल्ने गरेको थियो।

प्रहरीका अनुसार ह्याकरले पाँच अर्ब निकाल्ने योजना बनाएका थिए। एउटा रेमिट कम्पनीका कर्मचारीको सूचनाका कारण उक्त समूहको ठूलो रकम विदेश लैजाने योजना विफल भएको थियो।

त्यतिबेला ह्याकरले ७० लाख रुपैयाँ निकालेका थिए। ६० लाख रुपैयाँ भन प्रहरीले बरामद गरेको थियो। प्रहरीका अनुसार मुख्य योजनाकार विदेशी नागरिक ‘काले’ भनिने पिटर हुन्।

उनी लामो समयदेखि भारतको मुम्बईमा बसी नेपालका बैंक तथा वित्तीय संस्थाको सफ्टवयेर ह्याक गरी रकम निकाल्दै आएका थिए।

नेपाली नागरिकलाई प्रयोग गरी कृषि विकास बैंक, पानस रेमिट, कैलाश विकास बैंक, नबिल बैंकलगायतका बैंक तथा वित्तीय संस्थाहरूको सफ्टवयेर ह्याक गरी रकम निकाल्दै आएका थिए।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले यसअघि नुवाकोटका लवाङ तामाङ, रसुवाका लक्ष्मी लामा, निर्मला तामाङ र निमा तामाङ, काठमाडौं तारकेश्वरका सञ्जय घले, सर्लाहीका पुष्पराज खड्का, लमजुङका विद्यासागर लामिछाने, तनहुँका श्रवणकुमार श्रेष्ठ, भक्तपुरका सुनिता श्रेष्ठ, भारत कोलकाताका सुबन्कर पन्जा, कैलालीका विजय साह र चन्द्रबहादुर बुढालाई पक्राउ गरेको थियो।

प्रकाशित: Jul 05, 2020| 17:07 आइतबार, असार २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।