मंगलबार, भदौ ९, २०८३

कुल संक्रमितमध्ये ४१.५ प्रतिशत कोरोनामुक्त

आइतबारसम्म ६५४७ जना कोरोना मुक्त भएका छन्।
 |  आइतबार, असार २१, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असार २१, २०७७

काठमाडौं– आइतबारसम्म ६५४७ जना कोरोना मुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३२ जना संक्रमण मुक्त भएका छन्।

कुल संक्रमित १५,७८४ मध्ये ९२०३ को विभिन्न अस्पतालमा उपचार भइरहेको छ। कुल संक्रमितमध्ये ४१.५ संक्रमणमुक्त भएका हुन्।
आइतबारसम्म प्रदेश १ बाट ४६९, प्रदेश २ बाट २०३४ र वागमती प्रदेशबाट २३४ जना डिस्चार्ज भएका छन्।

यस्तै गण्डकी प्रदेशबाट २१४, प्रदेश ५ बाट १७२५, कर्णाली प्रदेशबाट ११९१ र सुदूरपश्चिम प्रदेशबाट ६८० जना संक्रमण मुक्त भएको मन्त्रालयले जनाएको छ।  कोराना भाइरसबाट ३५ जनाको मृत्यु भएको छ।

प्रकाशित: Jul 05, 2020| 16:30 आइतबार, असार २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।