मंगलबार, भदौ ९, २०८३

झण्डै ३ सय संक्रमित थपिए, १३२ डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा २९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो सहित नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ७८४ पुगेको छ।
 |  आइतबार, असार २१, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असार २१, २०७७

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा २९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो सहित नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ७८४ पुगेको छ।

पछिल्लो २४ घण्टामा देशका विभिन्न २५ वटा प्रयोगशालामा ४ हजार ७१० जनाको पीसीआर विधिबाट नमूना परीक्षण गरिएको छ।

संक्रमितमध्ये हालसम्म ६ हजार ५४७ जना संक्रमणमुक्त भएर घर फर्किइसकेका छन्। काेराेनामुक्त भएर पछिल्लो २४ घण्टामा १३२ डिस्चार्ज भएका छन्।

यस्तै ३५ जनाको कोराना संक्रमणका कारण मृत्यु भएको छ।

हाल देशका विभिन्न ठाउँमा रहेका क्वारेन्टिनमा ३१ हजार ५७३ जना बसिरहेका छन् भने आइसोलेसनमा ९ हजार २०३ जना रहेका छन्।

यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले क्वारेन्टिनमा राख्ने निर्देशिका परिमार्जन गरेको छ।

परिमार्जित निर्देशिकाअनुसार अब क्वारेन्टिनमा बसेका सबै व्यक्तिले अनिवार्य रुपमा मास्क लगाउनु पर्नेछ। साथै क्वारेन्टिनमा राख्नुपूर्व र क्वारेन्टिनबाट घर पठाउनुपूर्व अनिवार्य रुपमा स्वास्थ्य जाँच गर्नुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

प्रकाशित: Jul 05, 2020| 16:25 आइतबार, असार २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।