मंगलबार, भदौ ९, २०८३

पहिरोमा पुरिएर ६ महिने शिशुको मृत्यु

डोटीमा पहिरोमा पुरिएर ६ महिने शिशुको मृत्यु भएको छ।
 |  आइतबार, असार २१, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असार २१, २०७७

काठमाडौं- डोटीमा पहिरोमा पुरिएर ६ महिने शिशुको मृत्यु भएको छ।

डोटीको पूर्वीचौकी गाउँपालिका–४ सानागाउँमा आइतबार बिहान गएको पहिरोमा पुरिएर स्थानीय भक्त नेपालीको ६ महिने छोरा छत्र नेपालीको मृत्यु भएको हो।

पहिरोमा परी मृतक शिशुकी आमा २५ वर्षीया देवा गम्भीर घाइते भएकी छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार गम्भीर घाइते देवालाई उपचारका लागि जिल्ला अस्पताल लगिएको छ।

पहिरो आएको समयमा घरभित्र ५ जना रहेकोमा अरु भने भागेर बाँच्न सफल भएका छन्। पहिरोले घरभित्रको सबै सरसामान पूर्ण रुपमा क्षति भएको स्थानीयले बताएका छन्।

प्रकाशित: Jul 05, 2020| 15:43 आइतबार, असार २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।