मंगलबार, भदौ ९, २०८३

विभिन्न देशबाट सोह्र हजारभन्दा बढी फर्किए

विभिन्न मुलुकबाट भइरहेका उद्धार उडानमार्फत १६ हजारभन्दा बढी नेपाली स्वदेश फर्किएका छन्।
 |  आइतबार, असार २१, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असार २१, २०७७

काठमाडौं- विभिन्न मुलुकबाट भइरहेका उद्धार उडानमार्फत १६ हजारभन्दा बढी नेपाली स्वदेश फर्किएका छन्।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को विवरणअनुसार असार १८ गतेसम्म विभिन्न मुलुकबाट १६ हजार २९४ यात्रु फर्किएका हुन्।

सबैभन्दा धेरै कुवेतबाट तीन हजार ५२७, युएईबाट दुई हजार ७३७, साउदी अरेबियाबाट दुई हजार दुई, कतारबाट एक हजार ८१७ र मलेसियाबाट एक हजार ५३७ फर्किएका छन्।

प्रदेशगत हिसाबले सबैभन्दा बढी वाग्मती प्रदेशका पाँच हजार ३५८, प्रदेश नं १ का तीन हजार ८९, प्रदेश नं ५ का दुई हजार ५८१, प्रदेश नं २ का दुई हजार ४९८, गण्डकी प्रदेशका दुई हजार २१, कर्णाली प्रदेशका ३९४ र सुदूरपश्चिम प्रदेशका ३५३ स्वदेश फर्किएका छन्। रासस

प्रकाशित: Jul 05, 2020| 14:57 आइतबार, असार २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।