मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • 'ओलीले राष्ट्रपतिको कान फुकेपछि' शीतल निवास पुगे दाहाल

'ओलीले राष्ट्रपतिको कान फुकेपछि' शीतल निवास पुगे दाहाल

प्रधानमन्त्रीले राष्ट्रपतिलाई महाभियोग लगाउन षडयन्त्र भएको बताएपछि दाहाल समूह थप सशंकित बनेको छ।
 |  आइतबार, असार २१, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असार २१, २०७७

प्रधानमन्त्री केपी ओलीले आफूलाई पदबाट हटाउन र राष्ट्रपति विद्यादेवी भण्डारीलाई समेत महाभियोग लगाउन षड्यन्त्र भएको भनेर झूठो प्रचार गरेको भन्दै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल यसबारे राष्ट्रपतिलाई प्रष्ट्याउन दलबलसहित शीतल निवास पुगेका छन्।

प्रधानमन्त्रीले राष्ट्रपतिलाई महाभियोग लगाउन षडयन्त्र भएको बताएपछि दाहाल समूह थप सशंकित बनेको छ।

ओलीको उक्त अभिव्यक्तिबारे स्पष्ट पार्न दाहालसहितको टोली आइतबार शीतल निवास पुगेको थियो। उनीहरूले राष्ट्रपतिलाई महाभियोग लगाउने कुनै तयारी नभएकाले यस्ता झुटा प्रचार नपत्याउन राष्ट्रपति विद्यादेवी भण्डारीसँग अनुरोध गरेका छन्।

‘प्रधानमन्त्री ओलीले राष्ट्रपतिलाई गलत कुरामा कान फुकेपछि स्पष्ट पार्न नेताहरू शीतल निवास जानुभएको हो,’ ती स्थायी समितिले भने।

आइतबार अध्यक्ष दाहाल, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाललगायतका नेता राष्ट्रपतिलाई भेट्न शीतल निवासमा पुगेका थिए।

दाहाल समूह प्रधानमन्त्री ओलीलाई पदबाट कसरी हटाउन सकिन्छ भन्ने रणनीति तय गर्न शनिबार रातिसम्म व्यस्त रह्यो।

दाहाल निवास खुमलटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीलाई सहमतिमा ल्याउन एकपटक अध्यक्षद्वबीच वार्तामा गर्ने निर्णय भएको नेकपा वरिष्ठ नेता झलनाथ खनालले नेपाल समयलाई बताए।

नेकपाभित्रको विवादमा राष्ट्रपति पनि तानिएपछि संकट थप चुलिएको छ। शनिबार साँझ प्रधानमन्त्री केपी ओलीले राष्टरपति भण्डारीसँग डेढ घण्टा छलफल गरेका थिए।

 

प्रकाशित: Jul 05, 2020| 14:59 आइतबार, असार २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।