बुधबार, जेठ २०, २०८३

लाखौं खर्चेर बनाएको 'हेलो सीएम' एप प्लेस्टोरमा भेटिँदैन

गठन भएको एक वर्ष नबित्दै प्रदेश २ सरकारले महिला हिंसा न्यूनीकरणका लागि बडो तामझामका साथ हेलो सीएम नामको एपको लन्च गरेको थियो। मुख्यमन्त्री लालबाबु राउत आफैंले एप सार्वजनिक पनि गरे। एप प्रयोगमा नआउँदै प्लेस्टोरमा भेटिन छोडेको छ।
 |  बिहीबार, भदौ ३१, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ३१, २०७८

जनकपुरधाम– गठन भएको एक वर्ष नबित्दै प्रदेश २ सरकारले महिला हिंसा न्यूनीकरणका लागि बडो तामझामका साथ हेलो सीएम नामको एपको लन्च गरेको थियो। मुख्यमन्त्री लालबाबु राउत आफैंले एप सार्वजनिक पनि गरे। एप प्रयोगमा नआउँदै प्लेस्टोरमा  भेटिन छोडेको छ।  

National life

महिला हिंसा न्यूनीकरणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षाका साथ सुरु गरिएको एप प्रयोगविहीन हुँदासमेत प्रदेश सरकार बेपरवाह बनेको छ। २०७५ कात्तिक ११ गते समुदाय–प्रहरी साझेदारी कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री लालबाबु राउतले ‘हेल्लो सिएम’ एप सार्वजनिक गरेका थिए। उक्त एप अहिले गुगल प्लेस्टोरबाट गायब भएको छ।

एपको निर्माण इन्जिनियर आदित्य राजले गरेका थिए। इन्जिनियर राजका अनुसार प्रदेश सरकारले सो एप प्रयोग नगरेका कारण प्लेस्टोरमा नभेटिएको हो। एप निर्माणका लागि उनलाई ६ लाख रुपैयाँ खर्च लागेको थियो। इन्जिनियरले भने प्रदेश सरकारले सो एप बनाएबापत पैसा नदिएको गुनासो गरे। उनले भने ‘मलाई यो एप बनाउन ६ लाख रुपैयाँ खर्च परेको थियो, त्यो रुपैयाँ न प्रदेश सरकारले मलाई दिने इच्छा देखायो, न मैले माग गरेँ।’

सो एप इन्स्टल गरेपछि महिला हिंसामा परेको बखत मोबाइल तीन पटक हल्लाएमा त्यसको जानकारी नजिकको प्रहरी कार्यालयमा आकस्मिक कलको रूपमा पुग्ने दावी गरिएको थियो। एप रहेको मोबाइल तीन पटक जोडले हल्लाएपछि पीडितको लोकेसन समेत प्रहरीलाई जानकारी हुने एप निर्माता इन्जिनियर आदित्य राजले दावी गरेका थिए।

प्रकाशित: Sep 16, 2021| 16:21 बिहीबार, भदौ ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।