मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • काठमाडौंमा काेराेना स‌ंक्रमण भयावह हुन सक्छ, सजग होऔं : आयोग

काठमाडौंमा काेराेना स‌ंक्रमण भयावह हुन सक्छ, सजग होऔं : आयोग

राष्ट्रिय मानव अधिकार आयोगले काठमाडौं उपत्यकामा समुदायमा कोरोना संक्रमण फैलिएमा स्थिति भयावह हुन सक्ने भन्दै बेलैमा ध्यान पुर्याउन सरकारलाई आग्रह गरेको छ।
 |  आइतबार, असार २१, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असार २१, २०७७

काठमाडौं- राष्ट्रिय मानव अधिकार आयोगले काठमाडौं उपत्यकामा समुदायमा कोरोना संक्रमण फैलिएमा स्थिति भयावह हुन सक्ने भन्दै बेलैमा ध्यान पुर्याउन सरकारलाई आग्रह गरेको छ।

आयोगले आइतबार विज्ञप्ति जारी गर्दै बढी संक्रमण प्रभावित स्थान र क्षेत्र पहिचान गरी रोकथाम र नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न र पीसीआर परीक्षणलाई तीव्रता दिन माग गरेको हो।

काठमाडौँ उपत्यकाका ढलहरुमा समेत कोभिड–१९ को भाइरस भेटिएको भन्ने सञ्चारमाध्यममा सार्वजनिक भएपछि आयोगले सचेत गराएको हो।

आयोगले नेपाल बार एसोर्सिएसन, नेपाल पत्रकार महासंघ र गैरसरकारी संस्था महासंघ नेपालसँगको सहकार्यमा देशभर कोभिड–१९ को सन्दर्भमा मानव अधिकार अवस्थाको अनुगमन गरिरहेको छ।

आयोगले यसअघि पनि पीसीआर परीक्षण बढाउन तथा क्वारेन्टिनहरू व्यवस्थित गर्न पटकपटक सरकारलाई आग्रह गर्दै आएको छ।

 

प्रकाशित: Jul 05, 2020| 15:00 आइतबार, असार २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।