मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • लगानी बोर्डको सीईओका लागि पुनर्निर्माण प्राधिकरणका सीईओदेखि बैंकरसम्मको आवेदन

लगानी बोर्डको सीईओका लागि पुनर्निर्माण प्राधिकरणका सीईओदेखि बैंकरसम्मको आवेदन

लगानी बोर्ड नेपालको प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि १२ जनाको आवेदन परेको बोर्डले जनाएको छ। खुला प्रतिस्पर्धाबाट सीईओ नियुक्ति गर्न असार ५ गते आवेदन मागिएको थियो।
 |  आइतबार, असार २१, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असार २१, २०७७

लगानी बोर्ड नेपालको प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि १२ जनाको आवेदन परेको बोर्डले जनाएको छ। खुला प्रतिस्पर्धाबाट सीईओ नियुक्ति गर्न असार ५ गते आवेदन मागिएको थियो।

सीईओका लागि बैंकर, पूर्व प्रशासक लगायत १२ जनाको आवेदन परेको प्रधानमन्त्री कार्यालयले जनाएको छ। लगानी बोर्ड प्रधानमन्त्री कार्यालयको मातहतमा छ। बोर्डको अध्यक्ष प्रधानमन्त्री हुने व्यवस्था छ।

सीईओका लागि आवेदन दिनेमा कर्मचारी सञ्चय कोषका पूर्व प्रशासक तथा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका अध्यक्ष कृष्णप्रसाद आचार्य, नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी, माछापुच्छ«े बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा, पूर्वसहसचिव लक्ष्मीविलास कोइरालालगायत छन्।

राष्ट्रिय योजना आयोगका सदस्य सुशील भट्ट, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, लगानी बोर्डमै परामर्शदाताका रूपमा कार्यरत इन्जिनियर आशिष गजुरेल र रामकृष्ण खतिवडा, विदेशी लगानीबारेका विज्ञ डा. सरोज कोइराला, ऋण असुली न्यायाधीकरणका पूर्व प्रमुख शेरजंग कार्की, विशेष आर्थिक क्षेत्र प्राधिकरणका पूर्व कार्यकारी निर्देशक चण्डिका भट्ट र अर्थशास्त्रका सहप्राध्यापक रमेशचन्द्र पौडेलले पनि सीईओका लागि आवेदन दिएका छन् ।

सरकारले लगानी बोर्डको सीईओ छनोटका लागि अर्थमन्त्री डा. युवराज खतिवडा संयोजक रहेको समिति गठन गरेको छ। समितिको सदस्यमा योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्प कँडेल र अर्थशास्त्री प्रा.डा.गोविन्द नेपाल छन्।

समितिले आवेदनकर्ताबाट तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्नेछ। तिनैमध्येबाट सरकारले एक जनालाई सीईओ नियुक्त गर्नेछ।

लगानी बोर्डका सीईओको कार्यकाल ४ वर्षको हुने कानुनी व्यवस्था छ।

प्रकाशित: Jul 05, 2020| 14:35 आइतबार, असार २१, २०७७
प्रतिक्रिया दिनुहोस्