मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ट्राभल हिस्ट्री नभएकामा कोरोना देखिएपछि उपत्यकामा निश्चित क्षेत्र तोकेर परीक्षण गरिँदै

ट्राभल हिस्ट्री नभएकामा कोरोना देखिएपछि उपत्यकामा निश्चित क्षेत्र तोकेर परीक्षण गरिँदै

उपत्यकाका केही क्षेत्रमा ट्राभल हिस्ट्री नभएका बासिन्दामा समेत कोरोना संक्रमण देखिएपछि सरकारले ती क्षेत्रमा पहिलो चरणमा १२ सय जनामा पीसीआर परीक्षण सुरु गरको छ।
 |  आइतबार, असार २१, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असार २१, २०७७

काठमाडौं-  उपत्यकाका केही क्षेत्रमा ट्राभल हिस्ट्री नभएका बासिन्दामा समेत कोरोना संक्रमण देखिएपछि सरकारले ती क्षेत्रमा पहिलो चरणमा १२ सय जनामा पीसीआर परीक्षण सुरु गरको छ।

काठमाडौंंका तीनकुने, बुद्धनगर, खुसिबु, शंखमुल, कोटेश्वर, मैतिदेवी, कपन, टोखा, ललितपुरको नख्खु र प्युटार साथै भक्तपुरको बोडेमा पीसीआर परीक्षणका लागि नमुना संकलन सुरु गरिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशन डा. बासुदेव पाण्डेले जनाकारी दिए।

डा. पाण्डेका अनुसार कोरोना संक्रमित भएका ठाउँ र भीडभाडमा नगएका मानिसमा संक्रमण देखिन थालेपछि ती क्षेत्रमा पहिलो चरणमा १२ सय जनामा परीक्षण गरिनेछ र त्यसपछि आवश्यकता अनुसार थप परीक्षण पनि हुनेछ।

शनिबार यि क्षेत्रबाट २५० जनाको नमुना संकलन भइसकेको छ।

हालसम्म नेपालमा २ लाख ४६ हजार २९७ नमूनाको पीसीआर परीक्षण गर्दा १५ हजार ४९१ मा संक्रमण देखिएको छ। यिमध्ये ६४९५ जना संक्रमणमुक्त भइसकेका छन् भने ३४ जनाको मृत्यु भएको छ।

प्रकाशित: Jul 05, 2020| 11:40 आइतबार, असार २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।