काठमाडौं- मोरङमा खोलाले बगाएर आइतबार एक बालिकाको मृत्यु भएको छ।
कटहरी गाउँपालिका–७ मा जुडी खोलाले बगाएर प्रधुम्न सरदारकी ६ वर्षीया छोरी दीक्षाकुमारीको ज्यान गएको हो।
शनिबार दिउँसो नुहाउने क्रममा बेपत्ता भएकी बालिकाको नेपाली सेना, सशस्त्र, नेपाल प्रहरी र स्थानीयले खोजी गर्ने क्रममा आइतबार बिहान शव भेटिएको प्रहरीले जनाएको छ।
बगाएको स्थानभन्दा करिब तीन किलोमिटर तल बाँस झ्याङमा अड्किएको अवस्थामा शव फेला परेको मोरङ प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) मानबहादुर राईले बताए।
दिदीसँग नुहाउन खोलामा पुगेकी उनलाई पौडी खेल्ने क्रममा बगाएको हो।
