मंगलबार, भदौ ९, २०८३

एनआरएनएलाई आइएलओको ५ करोड १० लाख सहयोग

संयुक्त राष्ट्र संघअन्तर्गतको अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) ले एनआरएनएलाई ५ करोड १० लाख रुपैयाँ अनुदान सहयोग दिने भएको छ ।
 |  आइतबार, असार २१, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असार २१, २०७७

संयुक्त राष्ट्र संघअन्तर्गतको अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) ले एनआरएनएलाई ५ करोड १० लाख रुपैयाँ अनुदान सहयोग दिने भएको छ ।

एनआरएनएले विज्ञप्ति जारी गर्दै आइएलओ र गैरआवासीय नेपाली संघबीच मंगलवार सहमतिपत्रमा हस्ताक्षर भएको जनाएको छ ।

संघका अध्यक्ष कुमार पन्तका अनुसार विशेष गरी कोभिड १९ बाट प्रभावित मलेसिया, युएई, कतार र साउदी अबर गरी चार देशका नेपालीको सहयोगार्थ आइएलओले सो आर्थिक सहयोग गरेको हो ।

सो रकम कोभिड १९ ले श्रम बजारमा पारेको प्रभाव अध्ययन गर्न र श्रमिकको हितमा खर्च हुने गैरआवासीय नेपाली संघले जनाएको छ ।
संघका अनुसार कोभिड–१९ ले श्रम बजारमा पारेको प्रभावको अध्ययन गर्न र श्रमिकको हितका लागि सो रकम खर्चिने छ ।

संघले ती मुलुकमा रहेका नेपालीको सहयोगका लागि नेपाली कुटनीतिक नियोगसँग समन्वय गरी कार्यालय स्थापना गरेर आफ्नो कार्य अघि बढाउने तयारी गरेको छ ।

ती कार्यालयबाट विदेशमा कोरोनाकै कारणले जागिर छोड्न बाध्य पारिएकालाई सुरुमै कानुनी परार्मश दिने तयारी संघले गरेको छ ।
संघका महासचिव डा. शर्माले गैरआवासीय नेपाली संघले पहिलो पटक विदेशी संस्थाबाट यति ठूलो आर्थिक सहयोग प्राप्त गरेको जानकारी दिए ।

 

प्रकाशित: Jul 05, 2020| 11:19 आइतबार, असार २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।