मंगलबार, भदौ ९, २०८३

गोंगबुमा ग्यारेज भित्रै कसले जलायो ८ वटा माइक्रो बस ?

गोंगबुमा रहेको नयाँ बसपार्क नजिक ग्यारेज भित्रै ८ वटा माइक्रो बस जलेर नष्ट भएका छन् ।
 |  आइतबार, असार २१, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असार २१, २०७७

काठमाडौं- गोंगबुमा रहेको नयाँ बसपार्क नजिक ग्यारेज भित्रै ८ वटा माइक्रो बस जलेर नष्ट भएका छन् ।

नयाँ बसपार्क नजिक रहेको सप्तश्री माइक्रो ग्यारेजमा बिहान तीन बजेतिर आगलागी हुँदा पार्किङ्ग गरि राखिएका ८ वटा माइक्रो बस नष्ट भएको गोंगबु प्रहरीले जनाएको छ ।

आगजनीबाट बा २ ख २०८०, बा ४ ख २४०,बा ३ ख ८५८९, बा ४ ख ४०९, ग १ ख २४४६ नम्बर लगायतका गाडी जलेर नष्ट भएको महानगरीय प्रहरी वृत्त महाजगञ्जका डिएसपी रोशन खड्काले जानकारी दिए ।

आगो प्रहरी र दमकलको सहायतामा नियन्त्रणमा लिइएको थियो । आगलागीका कारण चारवटा गाडीमा आंशिक क्षति भएको छ ।

नुवाकोट घर भई हाल टोखा बस्दै आएका नवराज आचार्यले वर्कशप सञ्चालन गर्दै आएको खुलेको छ।
‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍
बसमा आगो कसरी सल्कियो भन्ने खुल्न सकेको छैन। तर, घटना शङ्कास्पद भएको भन्दै त्यही अनुसार अनुसन्धान गर्न महानगरीय प्रहरी कार्यालय काठमाडौँले निर्देशन दिइसकेको छ।

लकडाउनका कारण लामो समय चल्न नपाएपछि विमा रकम दाबी गर्न गाडी जलाएको हुनसक्ने प्रहरीको आशंका छ ।

प्रकाशित: Jul 05, 2020| 11:04 आइतबार, असार २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।