मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • क्वारेन्टिनबाट घर फर्किएपछि मृत्यु भएकी महिलाको कोरोना रिपोर्ट नेगेटिभ

क्वारेन्टिनबाट घर फर्किएपछि मृत्यु भएकी महिलाको कोरोना रिपोर्ट नेगेटिभ

कैलालीको गोदावरी नगरपालिकामा क्वारेन्टिनबाट घर फर्किएपछि मृत्यु भएकी महिलाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ।
 |  आइतबार, असार २१, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असार २१, २०७७

धनगढी- कैलालीको गोदावरी नगरपालिकामा क्वारेन्टिनबाट घर फर्किएपछि मृत्यु भएकी महिलाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ।

गोदावरी नगरपालिका-१० की ४८ वर्षीया महिलाको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ देखिएको सेती प्रादेशिक अस्पतालले जनाएको छ। 

अस्पतालको प्रयोगशालामा ती महिलाको कोरोना परीक्षण गरिएको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए।

भारतबाट फर्किएर स्थानीय क्वारेन्टिनमा बसेकी ती महिला झन्डै १६ दिनअघि घर फर्किएकी गोदावरी नगरपालिकाका मेयर हरिसिंह साउदले बताए। उनका अनुसार ती महिलामा रक्तचाप र प्यारालाईसिससम्बन्धी रोगबाट ग्रस्त थिइन्।

प्रकाशित: Jul 05, 2020| 10:33 आइतबार, असार २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।