मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोना संक्रमितको संख्या १५ हजार ५ सय पुग्यो, कुन जिल्लामा कति ? (विवरणसहित)

कोरोना संक्रमितको संख्या १५ हजार ५ सय पुग्यो, कुन जिल्लामा कति ? (विवरणसहित)

७७ वटै जिल्लामा फैलिएको कोरोनाबाट आइतबार बिहानसम्ममा करिब १५ हजार ५ सय ब्यक्ति संक्रमित भएका छन् । ३४ जनाले ज्यान गुमाएका छन् ।
 |  आइतबार, असार २१, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असार २१, २०७७

काठमाडौं- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट नेपालमा करिब साढे १५ हजार जना संक्रमित भएका छन् ।

७७ वटै जिल्लामा फैलिएको कोरोनाबाट आइतबार बिहानसम्ममा ३४ जनाले ज्यान गुमाएका छन्। ११ जिल्लामा ५ सयभन्दा बढी संक्रमित छन् भने रौतहट जिल्लामा मात्रै १ हजार ३९७ जनामा संक्रमण पुष्टि भएको छ ।

कैलाली, डोटी, अछाम, बाजुरा, दैलेख, दाङ, कपिलवस्तु, पाल्पा, रौतहट, सर्लाही र महोत्तरीमा ५ सयभन्दा धेरै संक्रमित छन्। मनाङ, मुस्ताङ र सोलुखुम्बुमा एक जनामात्रै संक्रमित भेटिएकाे स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

कोरोनाबाट कुन जिल्लामा कति संक्रमित ?

सुदूरपश्चिम प्रदेश

दार्चुला– १७

बैतडी– २५७

डडेल्धुरा– २५८

कञ्चनपुर– ३९७

बझाङ– १४६

डोटी– ५५३

कैलाली– ८२९

कर्णली प्रदेश

हुम्ला– २

मुगु– २

डोल्पा– ४

जुम्ला– ३९

कालिकोट– ५३

जाजरकोट– १३

दैलेख– ७९७

रुकुम पश्चिम– १२

सुर्खेत– ३९७

सल्यान– २२०

प्रदेश नम्बर ५

रुकुम पूर्व– ४

रोल्पा– ५०

प्युठान– ३१२

गुल्मी– ३५०

पाल्पा– ५३८

अर्घाखाँची– ३२५

नवलपरासी पश्चिम– १०३

रुपन्देही– ३१८

कपिलवस्तु– ७५३

दाङ– ६२६

बाँके– ३७६

बर्दिया– १८६

गण्डकी प्रदेश

नवलपरासी पूर्व– २८३

तनहुँ– १३८

स्याङ्जा– २०२

बाग्लुङ– २०३

पर्वत– ९१

म्याग्दी– २०

कास्की– ५५

लमजुङ– ४९

गोरखा– ९८

मनाङ– १

मुस्ताङ– १

बाग्मती प्रदेश

रसुवा– १०

सिन्धुपाल्चोक– ४८

दोलखा– ६

रामेछाप– २९

काभ्रे– ९

काठमाडौं– ११०

ललितपुर– १७

भक्तपुर– २८

मकवानपुर– १८

चितवन– ८५

सिन्धुली– १२

प्रदेश नम्बर २

पर्सा– १६५

बारा– १२७

रौतहट– १३९६

सर्लाही– ६७४

महोत्तरी– ७३४

धनुषा– ४५५

सिरहा– २२८

सप्तरी– ३०३

प्रदेश नम्बर १

उदयपुर– ७६

सुनसरी– ९२

मोरङ– १७५

झापा– २७८

इलाम– १३

पाँचथर– ४

तेह्रथुम– ३

धनकुटा– ९

भोजपुर– ६

खोटाङ– ११

ओखलढुंगा– ३

सोलुखुम्बु– १

संखुवासभा– ५

ताप्लेजुङ– ८

नेपालमा दिनहुँ कोरोना संक्रमित ४ देखि ५ सयकाे संख्यामा थपिँदै आएका छन् । शनिबार भने २३२ जना संक्रमित थपिएका थिए भने २ जनाको मृत्यु भएको थियो ।

प्रकाशित: Jul 05, 2020| 10:05 आइतबार, असार २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।