काठमाडाैं- सत्तारुढ नेकपा फुटको संघारमा पुगेको चर्चा चलिराखेका बेला केन्द्रिय सदस्य रामकुमारी झाक्रीले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपीशर्मा ओलीलाई सल्लाहार डुबाएको टिप्पणी गरेकी छिन्।
उनले आइतबार बिहान सामाजिक सञ्जाल ट्विटरमा सल्लाहाकार कै कारण प्रधानमन्त्री उत्तेजित भएको र सोही अनुसार अनेकन हर्कत गरेको लेखेकी छिन् । सल्लाहाकार गतिलो नहुँदा प्रधानमन्त्री डुब्ने खतरा बढेको उनको ट्विटको आशय छ।
उनले लेखेकी छिन्- 'विश्वास पात्र ठानिएका ब्यक्तिले बारम्बार गलत सूचना सम्प्रेषण गरेर प्रधानमन्त्रीलाई उत्तेजित गराएका छन। जसको कारण हठाट संसद अधिवेशनको अन्त्य, डमी पार्टी दर्ता, मन्त्रीहरुलाई कित्ता काँट गर्न निर्देशन, समर्थन जुलूस गराउने जस्ता काम भएका छन।'
प्रधानमन्त्री ओलीले शनिबार मन्त्रीहरुलाई बोलाएर आफ्नो लाइन क्लियर गर्न निर्देशन दिएका थिए। उनले जसले मेरो नेतृत्वलाई विश्वास गर्छ बस्नुस् नगर्नेहरु जता जानु छ जानुस भनेर निर्देशन दिएका थिए।
यस्तै ओलीले समाभुखलाई समेत जानकारी नदिइ बिहीबार अकस्मात संसद्को बजेट अधिवेशन अन्त्यको निर्णय गरेका थिए।
ओलीकै निर्देशन निर्वाचनमा आयोगमा नेकपा एमाले पार्टी दर्ताका लागि निवेदन परेको नेकपाकै नेताहरुले आरोप लगाएका छन्।
