काठमाडौं- असार २१ गतेबाट सार्वजनिक यातायात चल्ने भन्ने हल्ला गलत भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले स्पष्ट पारेको छ ।
महासंघले सार्वजनिक यातायात सञ्चालनसम्बन्धी कुनै निर्णय नभएको पनि स्पष्ट पारेको हाे ।
सार्वजनिक सवारी चलाउने विषयमा नियमित छलफल भइराखेको तर कुनै निर्णय नभएको महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए । उनका अनुसार सरकारले अझै पनि सवारी चलाउन नदिए केहि निर्णय भने गर्ने सम्भावना रहेको बताए ।
साउनको पहिलो साताबाट सार्वजनिक यातायात चलाउने गरि छलफलअघि बढेको उनले जानकारी दिए । अब पनि सरकारले कुनै निर्णय नगरे साउनबाट गाडी चलाउन बाध्य हुने उनले बताए ।
तीन महिनाभन्दा बढी समयदेखि सार्वजनिक यातायातमा संलग १० लाख मजदुर र व्यवसायी बेरोजगार भएका छन् । सरकारले कुनै प्रकारको राहात नदिदा यातायात मजदुरको दैनिकी कष्टकर बनेको महासचिव सिटौलाले बताए ।
सरकारले गत चैत ११ मा लकडाउन गरेसँगै देशभरका सार्वजनिक गाडी ठप्प छन् ।
