मंगलबार, भदौ ९, २०८३

अध्यक्ष र प्रधानमन्त्री दुवै पद नछाड्ने ओलीकाे अडान

'पार्टी एकता गर्दा जे सहमति, सहकार्य गरिएको थियो, त्यस विपरीतका क्रियाकलाप हुन थाल्यो। त्यसैले पार्टी एकता कायम गर्न मलाई सहयोग गर्नुहोस्।’
 |  आइतबार, असार २१, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असार २१, २०७७

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पद नछाड्ने बताएका छन्। उनले शनिबार साँझ बालुटारमा मन्त्रीहरुसँग गरेका परामर्शमा आफूले दुवै पद नछाड्ने तर पार्टी एकता गर्दाको सहमतिअनुसार भने चल्ने बताएको स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले जानकारी दिए।

प्रधानमन्त्रीले पार्टी विभाजनका चरणमा प्रवेश गरेकाले’ त्यसलाई रोक्नका लागि सहयोग गर्न सबै मन्त्रीलाई आग्रह गरेका छन्। पार्टी एकतामा संकट देखिएपछि प्रधानमन्त्री ओलीले शनिबार साँझ मन्त्रीहरुसँग परामर्श गरेका थिए।

नेकपाका शीर्ष नेताहरु पार्टी एकता गर्दा भएका सहमतिविपरीत हिँडेका कारण गम्भीर समस्या देखिएको प्रधानमन्त्रीको भनाइ थियो।

प्रधानमन्त्रीको भनाइ उधृत गर्दै राज्यमन्त्री नवराज रावतले भने, ‘‘पार्टी एकता जुन ढंगले भएको थियो, त्यही गतिका साथ पार्टीकै शीर्ष नेता नलागेर बेठिक ढंगले लाग्नुभयो। पार्टी एकता गर्दा जे सहमति, सहकार्य गरिएको थियो, त्यस विपरीतका क्रियाकलाप हुन थाल्यो। त्यसैले पार्टी एकता कायम गर्न मलाई सहयोग गर्नुहोस्।’’

मन्त्रीहरुले पार्टी अल्पमत वा बहुमतमा नभई विधानअनुसार दुवै अध्यक्षले चलाउनुपर्ने जनाउँदै पार्टी एकता जसरी भए पनि कायम राख्नुपर्नेमा जोड दिएको राज्यमन्त्री रावतले बताए।

राष्ट्रपति विद्यादेवी भण्डारीसंँग छलफल गरेपछि साँझ ७ बजे प्रधानमन्त्री ओलीले आफ्नो मन्त्रिपरिषद्का सदस्यसंँग छलफल गरेका थिए। छलफलमा सबै मन्त्री र राज्यमन्त्री सहभागी थिए। -रासस

प्रकाशित: Jul 05, 2020| 00:13 आइतबार, असार २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।