मंगलबार, भदौ ९, २०८३

राष्ट्रपतिलाई विवादमा नतान्न नारायणकाजीको चेतावनी

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले आफ्नो स्वार्थका लागि राष्ट्रपतिलाई विवादमा नतान्न चेतावनी दिएका छन्।
 |  शनिबार, असार २०, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असार २०, २०७७

काठमाडौं- नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले आफ्नो स्वार्थका लागि राष्ट्रपतिलाई विवादमा नतान्न चेतावनी दिएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार मन्त्री र राज्यमन्त्रीसँगको परामर्शमा आफूलाई पदबाट हटाउन र राष्ट्रपतिलाई महाभियोग लगाएर हटाउन षडयन्त्र भइरहेको बताएको समाचार बाहिर आएपछि सत्तारुढ पार्टीका प्रवक्ताको यस्तो भनाइ आएको हो।

श्रेष्ठले शनिबार राति ट्विट गर्दै भनेका छन्, 'हाम्रो राष्ट्राध्यक्ष राष्ट्रपति सम्मानित संस्था हो।यो गरिमामय सँस्थालाई कसैले पनि आआफ्नो स्वार्थका लागि विवादमा नतानौं।' 

उनले राष्ट्रपतिको विरुध्द महाअभियोग प्रस्ताव ल्याउने अनर्गल झुठा प्रचार नर्गन पनि आग्रह गरेका छन्।

श्रेष्ठले भनेका छन्, 'राष्ट्रपति संस्थाको अवमुल्यन नगरौं।राष्ट्रपतिज्यु स्वयंको पनि ध्यान जाने नै छ।'

प्रकाशित: Jul 04, 2020| 22:45 शनिबार, असार २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।