काठमाडौं– प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री र राज्यमन्त्रीहरुसँग छलफल गरिरहेका छन्।
छलफलको विषय सार्वजनिक गरिएको छैन। तर, राज्यमन्त्री पनि सहभागी भएको हुँदा यसलाई अर्थपूर्ण रुपमा हेरिएको छ। सामान्यतया मन्त्रिपरिषद बैठकमा राज्यमन्त्रीहरु सहभागी हुँदैनन्।
प्रधानमन्त्री ओलीलाई सत्तारुढ दल नेकपाले पार्टी अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पद छोड्न दबाब दिइरहेको छ।
मन्त्रीहरुसँग छलफल गर्नुअघि शीतल निवास पुगेर प्रधानमन्त्री ओलीले राष्ट्रपतिसँग भेटवार्ता गरेका थिए। राष्ट्रपति र प्रधानमन्त्रीबीच करिब एक घन्टा छलफल भएको थियो।
