मंगलबार, भदौ ९, २०८३

प्रधानमन्त्री ओलीले राष्ट्रपतिलाई भेटे

प्रधानमन्त्री केपी शर्मा ओलीले आज (शनिबार) राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन्।
 |  शनिबार, असार २०, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असार २०, २०७७

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आज (शनिबार) राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन्।

बिहीबार संघीय संसदको वर्षे अधिवेशन अचानक अन्त्यको निर्णय गर्नुअघि पनि प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेका थिए।

आजको भेटमा समसामयिक विषयमा कुराकानी भएको र यो नियमित भेटघाट भएको राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए।

नेकपाभित्र आन्तरिक असन्तुष्टि चुलिइरहेका बेला प्रधानमन्त्री ओली पटकपटक राष्ट्रपति निवास पुगिरहेका छन्।

नेकपाको स्थायी समिति बैठक जारी रहँदा प्रधानमन्त्री ओलीलाई नेकपा अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिन दबाव बढिरहेको छ। उनले कुनै पनि हालतमा पद नछोड्ने अडान दोहोर्याँदै आएका छन्।

बिहीबार अचानक संसद अधिवेशन अन्त्य गरिएपछि प्रधानमन्त्री ओलीले अध्यादेशमार्फत् विभिन्न कानूनहरु जारी गर्ने हुन् कि भन्ने आशंका नेकपाभित्र उब्जिएको छ।

यसअघि प्रधानमन्त्री ओलीले पार्टी फुट्न सहज हुने गरी राजनीतिक दलसम्बन्धी कानून अध्यादेशमार्फत् ल्याएका थिए। त्यो अध्यादेश फिर्ता भइसकेको छ।

बिहीबार नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले पनि राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेका थिए।

प्रकाशित: Jul 04, 2020| 20:00 शनिबार, असार २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।