मंगलबार, भदौ ९, २०८३

४७ जनालाई श्रम स्वीकृति

सरकारले बिदामा नेपाल आएका तथा करार अवधि बाँकी रहेका नागरिकलाई कोभिड–१९ परीक्षण र स्वास्थ्यसम्बन्धी प्रोटोकल पालना गरी वैदेशिक रोजगारीमा जान दिने निर्णय गरेसँगै वैदेशिक रोजगार कार्यालय ताहचलले आज ४७ जनालाई श्रम स्वीकृति प्रदान गरेको छ।
 |  शनिबार, असार २०, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असार २०, २०७७

काठमाडौं- सरकारले बिदामा नेपाल आएका तथा करार अवधि बाँकी रहेका नागरिकलाई कोभिड–१९ परीक्षण र स्वास्थ्यसम्बन्धी प्रोटोकल पालना गरी वैदेशिक रोजगारीमा जान दिने निर्णय गरेसँगै वैदेशिक रोजगार कार्यालय ताहचलले आज ४७ जनालाई श्रम स्वीकृति प्रदान गरेको छ।

कार्यालयले विभिन्न मुलुकमा रोजगारीका लागि लागि ३० पुरुष र १७ महिलालाई श्रम स्वीकृति प्रदान गरेको हो। ब्रुनाई, ओमन, कतार र दक्षिण कोरियाका लागि एक/एक, पोल्यान्डका लागि दुई, जापानका लागि पाँच, इजरायलका लागि आठ, संयुक्त अरब इमिरेट्सका लागि ११ र माल्टाका लागि १७ जनालाई स्वीकृति प्रदान गरेको कार्यालयले जनाएको छ।

यही असार १५ गते बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्यसम्बन्धी मापदण्डको पालना गरी बिदामा आएका तथा करार अवधि बाँकी रहेका नागरिकलाई वैदेशिक रोजगारीमा जान दिने निर्णय गरेको थियो। यस्तै यसअघिको करार अवधि समाप्त भई पुनः करार नवीकरण गरेका र प्रवेशाज्ञाको म्यादसमेत थप भएका व्यक्तिलाई पुनः श्रम स्वीकृति प्रदान गर्ने निर्णय गरेको थियो।

कोरोना महामारीबाट नेपालका प्रमुख श्रम गन्तव्य मुलुक प्रभावित भएपछि गत फागुन २९ गते बसेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले वैदेशिक रोजगारीका लाग दिइने श्रम स्वीकृति स्थगन गर्ने निर्णय गरेको थियो।

मन्त्रिपरिषद्ले वैदेशिक रोजगारीमा जान दिने बाटो खोलेसँगै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार विभागलाई पत्र लेख्दै तोकिएको मापदण्ड पूरा गरी श्रम स्वीकृति प्रदान गर्न निर्देशन दिएको थियो।

हवाई टिकट लिएर श्रम स्वीकृति लिन बाँकी रहेकालाई प्राथमिकताका आधारमा स्वीकृति प्रदान गरिएको कार्यालयले जनाएको छ। रासस

प्रकाशित: Jul 04, 2020| 19:46 शनिबार, असार २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।