मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोना संक्रमितको शव व्यवस्थापनमा अवरोध, भीड नियन्त्रणमा लिन अश्रुग्यास प्रहार

कोरोना संक्रमितको शव व्यवस्थापनमा अवरोध, भीड नियन्त्रणमा लिन अश्रुग्यास प्रहार

गोरखामा शनिबार मृत्यु भएका कोरोना संक्रमितको शव व्यवस्थापन गर्ने क्रममा स्थानीयवासी र प्रहरीबीच झडप भएको छ।
 |  शनिबार, असार २०, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असार २०, २०७७

गोरखा- गोरखामा शनिबार मृत्यु भएका कोरोना संक्रमितको शव व्यवस्थापन गर्ने क्रममा स्थानीयवासी र प्रहरीबीच झडप भएको छ।

शव व्यवस्थापन गर्ने क्रममा जनप्रतिनिधि र प्रहरीका बीचमा छलफल चलिरहेका बेला स्थानीयले प्रहरीमाथि ढुंगामुढा प्रहार गरेका छन्।

गोरखा नगरपालिका–१२ र शहीद लखन गाउँपालिका–१ को सीमा क्षेत्र लुदी दोभानमा शव व्यवस्थापन गर्नेबारे छलफल चलिरहँदा स्थानीयले प्रहरीमाथि ढुंगा प्रहार गरेको एसपी सुरेन्द्र बहादुर गुरुङले जानकारी दिए।

‘जनप्रतिनिधिसहित सरोकारवासँग छलफल चलिरहँदा स्थानीयले ढुंगामुढा प्रहार गरे’ एसपी गुरुङले भने, ‘स्थिति नियन्त्रणमा लिन केही राउण्ड अश्रुग्यास प्रहार गर्नुपर्यो।’

गुरुङका अनुसार ढुंगा प्रहारबाट चार प्रहरी घाइते भएका छन्। स्थानीयले डाँडामाथि गएर ढुंगा प्रहार गरिरहेको गुरुङले बताए।

स्थानीयले पुलमा मुढा तेस्र्याएरसमेत अवरोध सृजना गरेको प्रहरीले जनाएको छ।

शनिबार बिहान बसेको जिल्ला सुरक्षा समितिको बैठकले दरौँदी र रोदीको दोभानमा शव व्यवस्थापन गर्ने निर्णय गरेको थियो।

असार १६ गते कतारबाट आएका पालुङटार नगरपालिका–७ का ४४ वर्षीय पुरुषको गोरखा अस्पतालमा उपचारको क्रममा शनिबार मृत्यु भएको थियो।

उनको शव जिल्ला अस्पतालको शव गृहमै रहेको र प्रमुख जिल्ला अधिकारी र नेपाली सेनाको टोली शव लिएर आउने तयारी भैरहेको गुरुङले जानकारी दिए।

कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको शवलाई नेपाली सेनाले राष्ट्रिय सम्मानका साथ व्यवस्थापन गर्दछ।

प्रकाशित: Jul 04, 2020| 17:25 शनिबार, असार २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।