मंगलबार, भदौ ९, २०८३

खोकनामा स्थानीय र प्रहरीबीच झडप, तीन प्रहरी घाइते

ललितपुरको खोकनामा शनिबार स्थानीय र प्रहरीबीच झडप भएको छ। खोकना क्षेत्रको जमिन मास्न हुने भन्दै स्थानीयले खेतमा धान रोप्न थालेपछि प्रहरीले अवरोध गर्दा दोहोरो झडप भएको हो।
 |  शनिबार, असार २०, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असार २०, २०७७

काठमाडौं- ललितपुरको खोकनामा शनिबार स्थानीय र प्रहरीबीच झडप भएको छ। खोकना क्षेत्रको जमिन मास्न नहुने भन्दै स्थानीयले खेतमा धान रोप्न थालेपछि प्रहरीले अवरोध गर्दा दोहोरो झडप भएको हो।

खाेकना सरकारले तीन वटा परियोजना निर्माणका लागि प्रस्ताव गरेको ठाउँ हाे। 

विकासका नाममा उर्वर भूमि विनाश गर्न नहुने, खोकनाको सभ्यता जोगाउनुपर्ने लगायतका माग गर्दै स्थानीय विरोधमा उत्रिएका छन्।

आफ्नो जमिनमा जोतभोग गर्न पाउनुपर्ने भन्दै स्थानीयले खेत रोप्न थालेपछि प्रहरीले अवरोध गरेको थियो। प्रहरीले लाठीचार्ज गर्दा स्थानीयले ढुंगा प्रहार गरेको प्रहरीले जनाएको छ।

स्थानीयले प्रहार गरेको ढुंगा लागेर प्रहरी निरीक्षक किसन बस्नेतसहित तीनजना प्रहरी घाइते भएको महानगरीय प्रहरी परिसर ललितपुरका डीएसपी सन्तोष तामाङले जानकारी दिए।

स्थानीयको ढुंगा प्रहारपछि प्रहरीले २० सेल अश्रुग्यास प्रहार गरेको थियो।

स्थानीयले खोत खनजोत गर्न थालेपछि सो क्षेत्रमा शनिबार बिहानैदेखि सशस्त्र प्रहरीसहित ठूलो संख्यामा नेपाल प्रहरी परिचालन गरिएको थियो।
बाहिरी चक्रपथ, काठमाडौं–तराई–मधेस द्रुतमार्ग र मातातीर्थ—भक्तपुर १३२ केभी प्रसारण लाइनका लागि प्रस्तावित खोकनामा शनिबार दोहोरो झडप भएको हो।

 

प्रकाशित: Jul 04, 2020| 16:32 शनिबार, असार २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।