मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आज २३२ जनामा कोरोना पुष्टि, संक्रमितको कुल संख्या साढे १५ हजार

आज २३२ जनामा कोरोना पुष्टि, संक्रमितको कुल संख्या साढे १५ हजार

पछिल्लो २४ घण्टामा देशका विभिन्न ठाउँमा २३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  शनिबार, असार २०, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असार २०, २०७७

काठमाडौं- पछिल्लो २४ घण्टामा देशका विभिन्न ठाउँमा २३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसहित देशभर कोरोना संक्रमण पुष्टि हुनेको कुल संख्या १५ हजार ४९१ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। 

पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा आरटी पीसीआर विधिबाट ४ हजार ५० जनाको कोरोना परीक्षण गरिएको छ।

पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा टेकुमा ७०९ जनाको पीसीआर विधिबाट परीक्षण गरिएको थियो। जहाँ ११४ जनामा कोरोना पोजेटिभ पाइएको छ।

त्यस्तै हालसम्म देशका विभिन्न प्रयोगशालामा आरटी पीसीआर विधिबाट २ लाख ४६ हजार २९७ जनाको परीक्षण गरिएको छ।

पछिल्लो २४ घण्टामा कोरोना मुक्त भएर २७२ जना डिस्चार्ज भएका छन्। काेराेनामुक्त भएर हालसम्म डिस्चार्ज हुनेको संख्या ६ हजार ४ सय १५ रहेको छ।

मन्त्रालयका अनुसार देशका विभिन्न ठाउँमा रहेका क्वारेन्टिनमा ३३ हजार १२५ जना रहेका छन्। कोरोना संक्रमण पुष्टि भएर आइसोलेसनमा बसरिहेका व्यक्तिको संख्या ९ हजार ४२ छ।

प्रकाशित: Jul 04, 2020| 16:28 शनिबार, असार २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।