धनगढी- सुदूरपश्चिममा थप १० जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिएको छ।
कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालले आज (शनिबार) जारी गरेको विज्ञप्ति अनुसार कञ्चनपुरमा चार, डोटीमा तीन र अछाम, बैतडी र कैलालीमा एक एक जनामा संक्रमण पुष्टि भएको हो।
यससँगै धनगढीस्थित प्रयोगशालामा कोरोना पुष्टि हुनेको कूल संख्या ९ सय ३२ पुगिसकेको छ।
पछिल्लो २४ घन्टामा दुई सय १७ जनाको कोरोना परीक्षण गरिएको अस्पतालले जनाएको छ।
