मंगलबार, भदौ ९, २०८३

कर्णाली प्रदेश सभाको बैठक कांग्रेसद्वारा बहिष्कार

नेपाली कांग्रेसले कर्णाली प्रदेश सभाको बैठक बहिष्कार गरेको छ। प्रदेश सभामा प्रमुख प्रतिपक्षी दलका रुपमा रहेको नेपाली आज (शनिबार) को बैठक बहिस्कार गरेको हो।
 |  शनिबार, असार २०, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असार २०, २०७७

सुर्खेत- नेपाली कांग्रेसले कर्णाली प्रदेश सभाको बैठक बहिष्कार गरेको छ। प्रदेश सभामा प्रमुख प्रतिपक्षी दलका रुपमा रहेको नेपाली आज (शनिबार) को बैठक बहिस्कार गरेको हो।

कर्णाली प्रदेश सभाको बजेट अधिवेशनको २३ औँ बैठकमा कांग्रेसका कुनै पनि सदस्य सहभागी भएनन्। बैठक प्रमुख प्रतिपक्ष दलबिना नै सञ्चालन भएको छ।

बैठक सुरु हुनासाथ राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रदेशसभा सदस्य सोशिला शाहीले सभामुखसँग प्रमुख प्रतिपक्षबिना बैठक सञ्चालन भएको कारण माग गरिन्। तर सभामुख राजबहादुर शाहीले सदस्य शाहीलाई बस्न भन्दै बैठक सञ्चालन गरेका थियो।

नेपाली कांग्रेसले भने रातो किताब नल्याएका कारण बैठक बहिस्कार गरिएको जनाएको छ। ‘मन्त्रालयगत रुपमा रातो किताब आएको छैन, रातो किताव बिना बैठकमा सहभागी हुनुको औचित्य ठानेनौँ’ नेपाली कांग्रेसका प्रदेशसभा सदस्य दिनबन्धु श्रेष्ठले भने, ‘संसद अवरुद्ध गर्नुभन्दा बहिस्कार गर्नु नै उचित लाग्यो र आजको बैठकमा सहभागी भएनौँ।’

कर्णाली प्रदेश सभामा ४० जना सांसदमध्ये ३३ जना नेकपाका सदस्य छन्।

बजेटमाथि असन्तुष्टि जनाउँदै कांग्रेसले गत असार १० र ११ गते संसद अवरुद्ध गरेको थियो। प्रदेश सभाको बैठक २१ गते आइतबार ३ बजेसम्मका लागि स्थगित भएको छ।

प्रकाशित: Jul 04, 2020| 15:32 शनिबार, असार २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।