शुक्रबार, भदौ १९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • बतास एडब्राइट र भाटभटेनी सुपर मार्केटबीच सहकार्यको सम्झौता

बतास एडब्राइट र भाटभटेनी सुपर मार्केटबीच सहकार्यको सम्झौता

बतास अर्गनाइजेशन अन्तर्गतको बतास एडब्राइट प्रालि तथा भाटभटेनी सुपर मार्केटबीच नयाँ आर्थिक वर्षको सुरुवात अर्थात २०७७ श्रावणदेखि व्यावसायिक रुपमा ब्राण्डिङ गर्नेसम्बन्धी सम्झौता भएको छ ।
 |  शनिबार, असार २०, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असार २०, २०७७

बतास अर्गनाइजेशन अन्तर्गतको बतास एडब्राइट प्रालि तथा भाटभटेनी सुपर मार्केटबीच नयाँ आर्थिक वर्षको सुरुवात अर्थात २०७७ श्रावणदेखि व्यावसायिक रुपमा ब्राण्डिङ गर्नेसम्बन्धी सम्झौता भएको छ ।

सम्झौताअनुसार भाटभटेनी सुपर मार्केटका देशभरका सम्पूर्ण स्टोरमा अब बतास एडब्राइटमार्फत ब्रान्डिङ हुनेछ । अन्तर्राष्ट्रिय स्तरका विज्ञापन सामग्री सहितका ब्राण्डिङ गर्न दुवै पक्षले अबका दिनमा देशभरका भाटभटेनी सुपर मार्केटलाई नयाँ र आकर्षक साजसज्जासहित मनमोहक रुप दिने विषयमा पनि सहमति भएको छ ।

सम्झौतापत्रमा बतास अर्गनाइजेसनका तर्फबाट बतास एडब्राइटका अध्यक्ष ओशिन बतास र भाटभटेनी सुपर मार्केटका तर्फबाट प्रबन्ध निर्देशक कल्याण गुरुङले हस्ताक्षर गरेका छन् ।

बतास एडब्राइटबाट यसबाहेक भाटभटेनी सुपर मार्केटका सम्पूर्ण शाखामा समय तालिकाअनुसार नेपालमा प्रथम पटक पप–अप बिक्री केन्द्रको पनि स्थापना गरिने छ । जहाँबाट उपभोक्ताले विभिन्न प्रकारका छुटका साथै विभिन्न कम्पनीहरुको स्टक क्लियरेन्स बिक्रीबाट प्रत्यक्ष फाइदा लिन सक्नेछन् । यसका साथै अन्तर्राष्ट्रिय स्तरका कस्मेटिक ब्राण्डका फ्रि सेम्पलिङ डेमो गर्ने स्टलको पनि प्रबन्ध गरिने छ ।

नेपालमा उत्पादित तथा आयातित वस्तुको मार्केटिङलाई प्रवद्र्धन गर्न दुई कम्पनीबीच भएको यो सम्झौता कोशेढुंगा हुने अपेक्षा गरिएको छ भने नेपालमा पनि अन्तर्राष्ट्रियस्तरको प्रचारप्रसार एवं बजारीकरणको प्रयासमा यो सम्झौताले नयाँ आयाम थप्नेछ ।

नेपालमा किनमेलको पर्याय नै बनिसकेको भाटभटेनीमा बतास एडब्राइटसँगको यो सहकार्यबाट आम उपभोक्ताले मुलुकभित्रै किनमेल गन्तव्यको अन्तर्राष्ट्रिय अनुभव हासिल गर्नसक्ने दुवै पक्षले विश्वास लिएका छन् । हाल भाटभटेनीका विभिन्न स्टोरमा दैनिक ७२ हजारले भ्रमण गर्ने र त्यसमध्ये औषत ३५ हजारले किनमेल गर्ने गरेको तथ्यांक छ ।

गुणस्तरीय उत्पादनसँगै बजारीकरणबाटै ब्राण्ड स्थापित हुने विश्वव्यापी मान्यताबाट फाइदा उठाउन नेपाली उत्पादक र बिक्रेताका लागि यो सम्झौताले राम्रो अवसर सिर्जना हुने बतास एडब्राइटका अध्यक्ष ओशिन बतासले बताइन् ।

 

प्रकाशित: Jul 04, 2020| 09:55 शनिबार, असार २०, २०७७
प्रतिक्रिया दिनुहोस्