सनराइज बैंकले सिन्धुपाल्चोकको भूकम्प पीडित माझीहरुलाई एकीकृत बस्ती निर्माण गर्दै आएको श्वेताश्री फाउन्डेशनलाई ५ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त फाउन्डेसनलाई आर्थिक सहयोग गरेको हो ।
शुक्रबार एक कार्यक्रमका बिच बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले श्वेताश्री फाउन्डेशनलाई चेक हस्तान्तरण गर्दै फाउन्डेशनले गरेको कामको प्रशंसा समेत गरेका छन् ।
उक्त अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृतले बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको र विश्वब्यापी कोभिड १९को कठिन घडिमा पनि यस्ता कार्य गर्दै आएको बताए ।
नायिका श्वेता खड्काले फाउन्डेशनलाई विश्वास गरेकोमा सनराइज बैंकप्रति कृतज्ञता जनाइन् ।
