मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • एनआईसी एसिया बैंकले ल्यायो घर, सवारी र व्यवसाय कर्जाको आकर्षक योजना

एनआईसी एसिया बैंकले ल्यायो घर, सवारी र व्यवसाय कर्जाको आकर्षक योजना

 |  शनिबार, असार २०, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असार २०, २०७७

 
एनआईसी एसिया बैंकले नेपालको बैंकिङ्ग क्षेत्रकै सर्वाधिक न्यून ब्याजदर तथा प्रशासनिक शुल्क रहेको तीन सुपर चामत्कारिक कर्जा योजनाहरु ल्याएको छ।

बैंकले ८.२५ प्रतिशत ब्याजदर तथा ०.२५ प्रतिशत प्रशासनिक शुल्कमा उक्त कर्जाहरु उपलब्ध गराउनेछ र उक्त ब्याजदर एक वर्षसम्मका लागि परिवर्तन नहुने व्यवस्था गरेको जनाएको छ।

सुपर चामत्कारिक घर कर्जाअन्तर्गत घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण, घर निर्माण गर्नका लागि जग्गा खरिद आदि वित्तीय सेवा सुविधा लिन चाहनुहुने ग्राहकले यस योजनाको लाभ लिन सक्नेछन्। योजनाअनुसार न्यूनतम ५ वर्षदेखि अधिकतम ३० वर्षको कर्जाको समयावधि कायम गरिएको छ भने अधिकतम १ करोड ५० लाख रुपैयाँसम्म कर्जा सीमा कायम गरिएको छ।

यसमा अधिकतम ५० लाख रुपैयाँसम्मको ओभरड्राफ्ट सुविधा समेत लिन सकिने व्यवस्था गरिएको छ। घर निर्माण गर्दाको हकमा बैंकले निर्माण लागतको शतप्रतिशतसम्म कर्जा प्रवाह गर्ने, घर निर्माणको लागि अधिकतम ५ वर्षसम्मको मोराटोरियम पिरियड लिन सकिने र उक्त अवधिमा ऋणीले कर्जाको ब्याज मात्र भुक्तानी गर्न सक्ने समेत सुविधा छ। यसबाहेक फ्लेक्जिबल ईएमआईमार्फत ग्र्राहकले आफ्नो आर्थिक क्षमताअनुसारको आफूले तिर्नसक्ने ईएमआई वार्षिक रुपमा आफैँले निधारण गरेर भुक्तानी गर्न सक्नेछन्।

यस योजनाअन्तर्गत घर कर्जा उपभोग गरिरहेका ग्राहकले बन्डल अफरअन्तर्गत सवारी कर्जा उपभोग गर्न सक्ने व्यवस्था समेत छ। अन्य बैंक तथा वित्तीय संस्थामार्फत घर कर्जा उपभोग गरिरहेका ग्राहकले यस कर्जाअन्तर्गत आफ्नो कर्जा स्थानान्तरण (स्वाप) गरी आफ्नो आर्थिक भारलाई न्यून गर्न सक्नेछन्।

यसैगरी सुपर चामत्कारिक सवारी कर्जाअन्तर्गत रातो प्लेटका निजी तथा व्यवसायका लागि सवारी र विद्युतीय सवारीको लागि ग्राहकले कर्जा प्राप्त गर्न सक्नेछन्। अन्य बैंकमार्फत सवारी कर्जा उपभोग गरिरहेका ग्राहकले यस बैंकको सुपर चामत्कारिक सवारी कर्जाअन्तर्गत आफ्नो कर्जा स्थानान्तरण गर्न समेत सक्नेछन्। यस योजनाअन्तर्गत अधिकतम २ करोड कर्जा सीमा कायम गरिएको छ।

सवारी धितो राखेको हकमा कर्जा अवधि अधिकतम १० वर्षसम्म र सवारी तथा रियलइस्टेट दुबै धितो राखेको खण्डमा अधिकतम १५ वर्षसम्म कर्जा अवधि हुने व्यवस्था गरिएको छ ।

देशको अर्थतन्त्रलाई बलियो टेवा दिइरहेको साना तथा मझौला उद्योग व्यवसाय कोरोना भाइरस महामारीले प्रभावित हुँदै गइरहेको यस्तो अवस्थामा बैंकले साना तथा मझौला उद्योग व्यवसायलाई प्रोत्साहन गर्न सुपर चामत्कारिक व्यवसाय कर्जा योजना ल्याएको बैंकले जनाएको छ। यसअन्तर्गत उद्योगी तथा व्यवसायीहरुले आफ्नो व्यवसायको आवश्यकता अनुसार आवधिक कर्जा तथा ओभरड्राफ्ट मिश्रित रुपमा उपभोग गर्न सक्नुहुनेछ र यस्तो कर्जा सीमा अधिकतम रू. १ करोडसम्म निर्धारण गरिएको छ। यस्तो योजनाबाट विषम परिस्थितिमा समेत लगानीको वातावरण बनाउन आमसर्वसाधारणलाई थप प्रोत्साहन तथा प्रेरणा मिल्ने बैंकले विश्वास लिएको छ ।

प्रकाशित: Jul 04, 2020| 09:44 शनिबार, असार २०, २०७७
प्रतिक्रिया दिनुहोस्