धनगढी- बझाङ जिल्लाको केदारस्युँ गाउँपालिका वडा ८ को एक बस्ती पहिराले बगाएको छ।
अविरल वर्षासँगै शुक्रबार राति पहिरो खस्दा केदारस्युँ गाउँपालिका वडा ८ को मल्लेसका १७ घर बगाएको स्थानीय लोकेन्द्र विकले जानकारी दिए। उनका अनुसार पहिरामा परी ७ जना बेपत्ता भएका छन्। बेपत्ताको खोजी कार्य भइरहेको उनले बताए।
बझाङ प्रहरी प्रमुख डीएसपी गणेश बमले घटनास्थलतर्फ प्रहरी टोली पठाइसकिएको जानकारी दिए।
