मंगलबार, साउन १२, २०८३

बेलायत जाने ५० देशका पर्यटकले क्वारेन्टिन बस्नु नपर्ने

कोरोना भाइरसका कारण बढी प्रभावित यूरोपेली मुलुकहरू फ्रान्स, इटाली, स्पेनसहितका ५० मुलुकसँगको अवागमनलाई थप सहज पार्दै त्यहाँबाट बेलायत जाने पर्यटकका लागि यही जुलाई १० देखि क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्थाको अन्त्य गरेको बेलायत सरकारले जनाएको छ। तर, अमेरिकाकाबाट जाने पर्यटकले भने क्वारेन्टिन बस्नु पर्नेछ।
 |  शनिबार, असार २०, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असार २०, २०७७

कोरोना भाइरसका कारण बढी प्रभावित यूरोपेली मुलुकहरू फ्रान्स, इटाली, स्पेनसहितका ५० मुलुकसँगको अवागमनलाई थप सहज पार्दै त्यहाँबाट बेलायत जाने पर्यटकका लागि यही जुलाई १० देखि क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्थाको अन्त्य गरेको बेलायत सरकारले जनाएको छ। तर, अमेरिकाकाबाट जाने पर्यटकले भने क्वारेन्टिन बस्नु पर्नेछ।

यद्यपि स्कटल्याण्ड, वेल्स, नर्दन आयरल्याण्डले भने यस विषयमा आफ्नै किसिमले निर्णय गर्ने सरकारले जनाएको छ। बेलायतका यातायात मन्त्री ग्र्यान्ट शेप्सले भने, विदेशबाट आउने व्यक्तिका लागि दुई हप्तासम्म क्वारेन्टिनमा बस्नुपर्ने जुनमा व्यवस्था गरिएको नीतिलाई परिवर्तन गर्दै ती मुलुकबाट जुलाई १० देखि इङ्ल्याण्ड प्रवेश खुला गरिन लागेको छ।

बेलायत सरकारले कोरोना भाइरस महामारीबीच विभिन्न मुलुकबाट आउने पर्यटकलाई ट्राफिक लाइट प्रणाली अन्तर्गत रातो, पहेँलो र हरीयो रङमा विभक्त गरी सोही अनुसार जोखिम न्यूनिकरणका उपायको अवलम्वन गर्ने बताएकोे छ ।

हरियो र पहेँलो रङमा परेका मुलुकबाट बेलायत जाँदा सेल्फ–आइसोलेसनमा बस्नु नपर्ने भएको छ भने रातोमा पर्नेलाई पूरानै नियम अर्थात् १४ दिनसम्म आइसोलेसनमा बस्नुपर्नेछ ।
बेलायतभन्दा कम प्रभावित मुलुकलाई हरीयो र बढी प्रभावित तर पछिल्लो समय सङ्क्रमण नियन्त्रण उन्मुख रहेका मुलुकलाई पहेलोमा राखिने मन्त्री शेप्सले बताए।

पहेँलोमा पर्ने मुलुकहरूमा फ्रान्स, इटाली, स्पेनलगायतलाई विदामा बेलायत जान खुला गरिएको छ । त्यहाँबाट बेलायतमा गर्मीको छुट्टी मनाउन बेलायतका विभिन्न गन्तव्यमा जाने गरेका छन् ।

 

प्रकाशित: Jul 04, 2020| 07:35 शनिबार, असार २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।