मंगलबार, भदौ ९, २०८३

कोरोना संक्रमण पुष्टि भएपछि आत्महत्या

कोरोना संक्रमण पुष्टि भएपछि बझाङका एक युवकले आत्महत्या गरेका छन्।
 |  शुक्रबार, असार १९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १९, २०७७

बझाङ - कोरोना संक्रमण पुष्टि भएपछि बझाङका एक युवकले आत्महत्या गरेका छन्।

गत जेठ १९ गते भारतबाट आएका खप्तड छान्ना गाउँपालिका- ७ का १८ वर्षीय युवकले आफूलाई कोरोना संक्रमण पुष्टि भएको भोलिपल्ट आत्महत्या गरेका हुन्।

गडराय गाउँका ती युवकसँगै भारतबाट आएर क्वारेन्टिनमा बसेका २५ जनाको गत ८ गते आरडीटी परीक्षण गर्दा ५ जनाको रिपोर्ट पोजेटिभ आएको थियो।

आरडीटी पोजेटिभ आएका पाँच जनाको स्वाब संकलन गरी धनगढी प्रयोगशालामा पठाएर सबैजसो आआफ्नो घर गएकाले ती युवक पनि बाहिर कतै ननिस्कने र सामाजिक दूरी कायम गरेर बस्ने सर्तमा केही दिनअघि घरमा गएको गाउँपालिका अध्यक्ष वर्क बहादुर रोकायाले जानकारी दिए।

आरडीटी पोजेटिभ आएकामध्ये हिजो (बिहीबार) ती युवकको पीसीआर रिपोर्टमात्रै पोजेटिभ आएको रोकायाले बताए।

कोरोना संक्रमण पुष्टि भएपछि स्थानीय तहले उनलाई आइसोलेसनमा लैजाने तयारी गरेको थियो। तर परिवारका सदस्यहरुले घरमा छुट्टै कोठामा बसाल्ने व्यवस्था गर्ने भनेपछि उनलाई घरमै बस्न दिइएकाे थियाे।

घरमा छुट्टै काेठामा रहेका उनी आज (शुक्रबार) बिहान लामो समयसम्म बाहिर ननिस्कएपछि परिवारका सदस्य कोठामा पुगेर हेर्दा नभेटिएको र दिउँसो खाेजी गर्दा घर नजिकैको जंगलमा गएर झुण्डिएको अवस्थामा भेटिएको जानकारी आफूले पाएको गाउँपालिका अध्यक्ष रोकायाले नेपाल समयलाई बताए।

युवक मृत भेटिएको ठाउँमा प्रहरी जाँदै गरेको रोकायाले जानकारी दिए।

प्रकाशित: Jul 03, 2020| 19:15 शुक्रबार, असार १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।