बुधबार, चैत ११, २०८२

कोरोना भाइरसको भ्याक्सिनमा नयाँ आशा : ३० हजार व्यक्तिमा परीक्षण गरिँदै

२४ जनामा सफल परीक्षण भइसकेको भ्याक्सिन अब विश्वभरका ३० हजार व्यक्तिमा परीक्षण गरिँदै छ।
 |  शुक्रबार, असार १९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १९, २०७७

२४ जनामा सफल परीक्षण भइसकेको भ्याक्सिन अब विश्वभरका ३० हजार व्यक्तिमा परीक्षण गरिँदै छ।
जर्मन कम्पनी बायोनटेक र अमेरिकी कम्पनी फाइजरले संयुक्त रूपमा अमेरिकामा क्लिनिकल ट्रायल (मानवमा परीक्षण) सुरु गरेको कोरोना भाइरसविरुद्धको भ्याक्सिन सुरुआती चरणमा सफल देखिएको छ।

National life

यो भ्याक्सिन २४ जनालाई दुई मात्रा दिइएको थियो। भ्याक्सिन दिइएको चार सातापछि उनीहरूको शरीरमा कोरोना भाइरस (सार्स कोभ– २) प्रतिरोधि क्षमताको विकास भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

परीक्षणमा १८ देखि ५५ वर्ष उमेर समूहका ४५ स्वस्थ व्यक्तिलाई समावेश गरिएको थियो। यीमध्ये २४ जनालाई भ्याक्सिनको दुई मात्रा, १२ जनालाई एक मात्रा र ९ जनालाई प्लेसिबो (देखावटी भ्याक्सिन) लगाइएको थियो। 

दुई मात्रा दिइएकालाई तीन साताको बीचको अन्तर राखिएको थियो।

भ्याक्सिनको दोस्रो इन्जेक्सन दिइएको सात दिनपछि सबै २४ जनामा कोरोनाप्रतिरोधी एन्टिबडी तयार भएको पाइयो। उनीहरुको एन्टिबडीलाई प्रयोगशालामा परीक्षण गर्दा कोरोना भाइरसलाई निष्क्रिय पार्न सफल भएको देखियो।

Laxmi sunrise bank
kumari

दुवै कम्पनीले भ्याक्सिनको गम्भीर साइडइफेक्ट नदेखिएको बताएका छन्। यो खोपलाई अहिले बीएनटी १६ बी १ नाम दिइएको छ।

जर्मन कम्पनी बायोनटेकका सहसंस्थापक उगुर साहिन प्रारम्भिक परिणामले उत्साहित गराएको बताउँछन्। उनले अन्य सम्भावित भ्याक्सिनको पनि जर्मनीमा परीक्षण भइरहेको बताएका छन्। अमेरिकी कम्पनी फाइजरका वरिष्ठ उपाध्यक्ष क्याथरिन जोन्सनले प्रारम्भिक परिणामले आफू आशावादी भएको बताए।

जर्मनीको मारबुर्ग विश्वविद्यालयका भाइरससम्बन्धी विशेषज्ञ प्रा. स्टेफेन बेकरले यो भ्याक्सिनबाट शरीरमा निर्मित एन्टिबडी संक्रमणपछि शरीरमा आफैं बन्ने एन्टिबडीभन्दा धेरै रहेको उल्लेख गरेका छन्।

तर, पनि सम्भावित यो भ्याक्सिनले हरेक परिस्थितिमा कोरोना भाइरसबाट आम मानिसलाई जोगाउनेछ भन्ने प्रमाणित गर्न यसको परीक्षण हजारौं व्यक्तिमा गर्नुपर्छ।

बायोनटेक र फाइजरले अब भ्याक्सिनको सही मात्रा पत्ता लगाउने, व्यापक मात्रामा मानिसलाई भ्याक्सिन दिँदा त्यसबाट कुनै समस्या आउँछ–आउँदैन भन्ने थाहा पाउने र भ्याक्सिन लगाएको कति समयमा यो प्रभावकारी हुन्छ भन्ने प्रमाणित गर्ने काम थाल्दै छन्।

दुवै कम्पनी विश्वव्यापी स्तरमा ३० हजार व्यक्तिमा भ्याक्सिन परीक्षण गर्ने तयारीमा छन्।  सरकारबाट अनुमति पाएको करिब एक महिनामा अभियान सुरु हुन सक्छ।

अभियान सफल भयो भने भ्याक्सिनलाई आम मानिसका लागि उत्पादन गरी बजारमा ल्याउन अनुमतिका लागि आवेदन दिनुपर्ने हुन्छ।

दुवै कम्पनीले सबै काम योजनाअनुरूप भयो भने (सन् २०२०) को अन्त्यसम्ममा बीएनटी १६२ बी १ को १० करोड इन्जेक्सन उत्पादन गर्न सकिने बताएका छन्। उनीहरुका अनुसार आगामी वर्ष भने १ अर्ब २० करोड मात्रा उत्पादन गर्न सकिनेछ।

औषधि पनि बनाइँदै

जर्मनीकै ब्राउन्स्वाइगका अनुसन्धानकर्ताले कोरोना भाइरसविरुद्धको औषधि बनाउन प्रयास गरिरहेका छन्।  उनीहरू कोरोना भाइरसलाई मानव शरीरका कोषभित्र प्रवेश गर्नबाट रोक्ने एन्टिबडी प्रमाणित गर्न सफल भएका छन्।

अनुसन्धान संस्था हेल्महोल्स इन्स्टिच्यूटको ब्राउनस्वाइगस्थित संक्रमण अनुसन्धान केन्द्रका भाइरसविज्ञ लुका सिसिनका अनुसार अनुसन्धानकर्ताले करिब ७५० यस्ता एन्टिबडीको पहिचान गरेका छन् जो कोरोना भाइरसमा टाँसिएर त्यसलाई निष्क्रिय पारिदिन्छन्।

अहिले अनुसन्धानकर्ताहरू यी एन्टिबडीको सहयोगले कोभिड–१९ का गम्भीर बिरामीको उपचारका लागि औषधि बनाउने प्रयासमा छन्। 

यी वैज्ञानिकहरू अबको चारपाँच महिनामा औषधि तयार पारिसक्ने योजनामा छन्।

प्रकाशित: Jul 03, 2020| 17:35 शुक्रबार, असार १९, २०७७
प्रतिक्रिया दिनुहोस्