मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • अनुमति नलिएका संस्थासँग कारोबार नगर्न राष्ट्र बैंकको निर्देशन

अनुमति नलिएका संस्थासँग कारोबार नगर्न राष्ट्र बैंकको निर्देशन

नेपाल राष्ट्र बैंकसँग भुक्तानी प्रणालीसम्बन्धी कारोबार गर्दै आएका तर अनुमति नलिएका संस्थाहरुसँग कारोबार नगर्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ ।
 |  शुक्रबार, असार १९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १९, २०७७

नेपाल राष्ट्र बैंकसँग भुक्तानी प्रणालीसम्बन्धी कारोबार गर्दै आएका तर अनुमति नलिएका संस्थाहरुसँग कारोबार नगर्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ ।

राष्ट्र बैंकले शुक्रबार विज्ञप्ति जारी गरी विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले राष्ट्र बैंकबाट अनुमति नलिएका संस्थाहरुलाई डिजिटल पेमेन्ट पार्टनरको रुपमा आवद्ध गरी भुक्तानी सेवा संचालन गरे गराएकोप्रति गम्भिर ध्यानाकर्षण गरेको जनाएको छ।

त्यस्तै केही सहकारी, वित्तीय संस्था र सर्वसाधारणले नेपाल राष्ट्र बैंकबाट भुक्तानी अनुमति नलिएका संस्थाहरुसँग कारोबार गरिएको जानकारी पाएपछि त्यसो नगर्न राष्ट्र बैंकले निर्देशन दिएको हो ।

नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा संचालनका लागि राष्ट्र बैंकबाट अनुमति पाएका संस्थालाई मात्र डिजिटल पेमेन्ट पार्टनरका रुपमा आवद्ध गराउन पनि निर्देशन दिएको राष्ट्र बैंकले जनाएको छ ।

भुक्तानी तथा फर्छ्र्योट ऐन २०७५ को दफा ५ अनुसार नेपाल राष्ट्र बैंकको अनुमति नलिई भुक्तानी प्रणाली सञ्चालन गर्न वा भुक्तानी सेवा प्रदायकको रुपमा काम गर्न वा त्यस्तो सेवा सञ्चालन गर्न नपाइने प्रावधान रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित: Jul 03, 2020| 16:49 शुक्रबार, असार १९, २०७७
प्रतिक्रिया दिनुहोस्