मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • काठमाडौंमा कोरोना संक्रमित एक वृद्धको मृत्यु, अन्य रोगबाट पनि पीडित थिए

काठमाडौंमा कोरोना संक्रमित एक वृद्धको मृत्यु, अन्य रोगबाट पनि पीडित थिए

कोरोना भाइरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ।
 |  शुक्रबार, असार १९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १९, २०७७

कोरोना भाइरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ।

काठमाडौं नयाँ बानेश्वरका ८५ वर्षीय वृद्धको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

छाती दुख्ने र पिसाबमा समस्या भएकाले उनी काठमाडौंको एक निजी अस्पतालमा भर्ना भएका थिए ।

अस्पतालको आइसोलेसनमा राखी उपचार गरिएको उनको अस्ति बुधबार गते मृत्यु भएको थियो । परीक्षणका क्रममा आज कोरोना पुष्टि भएको थियो।

उनी उच्च रक्तचाप र पार्किन्सन्सका बिरामी रहेको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।

 

प्रकाशित: Jul 03, 2020| 16:42 शुक्रबार, असार १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।