मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • हालसम्मकै ठूलो संख्यामा संक्रमण पुष्टि, संक्रमितको संख्या १५ हजार नाघ्यो

हालसम्मकै ठूलो संख्यामा संक्रमण पुष्टि, संक्रमितको संख्या १५ हजार नाघ्यो

नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १५ हजार नाघेको छ।
 |  शुक्रबार, असार १९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १९, २०७७

काठमाडौं- नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १५ हजार नाघेको छ।

पछिल्लो २४ घण्टामा ७४० संक्रमित थप भएसँगै देशभर संक्रमितको कुल संख्या १५ हजार २५९ पुगेको छ।

शुक्रबार हालसम्मकै सबैभन्दा धेरै ७४० जना संक्रमित थपिएका हुन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ३२ पुगेकाे छ।

कोरोना संक्रमण पुष्टि भई संक्रमणमुक्त भएर घर फर्किनेको संख्या ६ हजार १४३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

मन्त्रालयका अनुसार अहिले देशका विभिन्न ठाउँमा रहेका क्वारेन्टिनमा ३५ हजार ४७२ जना बसिरहेका छन्। कोरोना संक्रमण पुष्टि भएर आइसोलेसनमा बसेकाहरुको संख्या ९ हजार ८४ रहेको छ।

शुक्रबारसम्म देशभरका विभिन्न प्रयोगशालामा २ लाख ४२ हजार २४७ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ भने ३ लाख ५ हजार ६२९ जनाको आरडीटी विधिबाट परीक्षण गरिएको छ।

प्रकाशित: Jul 03, 2020| 16:25 शुक्रबार, असार १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।