सुर्खेत- सुर्खेतस्थित प्रदेश अस्पतालले आगामी २१ गतेदेखि ओपीडी सेवा सुरु गर्ने भएको छ।
गत ११ असारदेखि नै बन्द रहेको ओपीडी सेवा दश दिनपछि पुनः सुरु हुन लागेको हो। ९ जना स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि अस्पतालले आकस्मिकबाहेक अन्य सेवा बन्द गरेको थियो।
अस्पतालका निर्देशक डा. डम्बर खड्काले ओपीडी सेवा आइतबारदेखि पुनः संचालनमा आउने जानकारी दिए।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि अस्पतालको ओपीडी सेवा केही समय बन्द रहेकोमा आइतबारदेखि पुनः संचालन गरिने चिकित्सक, कर्मचारी र सेवाग्राहीलाई जानकारी गराइएको छ।
