विराटनगर- प्रदेश १ मा शुक्रबार ३८ जना कोरोना संक्रमित थपिएका छन्। यो सहित प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ सय ५३ पुगेको छ।
शुक्रबार ३४ पुरुष र ४ महिलामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार झापामा २८, मोरङ र उदयपुरमा ५–५ जनामा कोरोना पोजेटिभ रिपोर्ट आएको छ।
झापाको मेचीनगरमा १४ पुरुष, हल्दीबारीमा ३ पुरुष, अर्जुनधारामा ६ पुरुष र २ महिला, विर्तामोडमा १ महिला, कनकाईमा १ पुरुष र १ महिला, मोरङको विराटनगरमा ३ पुरुष, बेलबारी र बुढीगंगामा १-१ पुरुष, उदयपुरको वेलकामा ५ पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
प्रदेश १ बाट शुक्रबार ६ जना डिस्चार्ज भएका छन्।
डिस्चार्ज हुनेमा मोरङका ४ र सुनसरीका २ जना रहेका छन्। प्रदेश १ बाट डिस्चार्ज हुनेको संख्या ४ सय ६ पुगेको छ।
