धनगढी- सुदूरपश्चिममा थप ३९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ।
धनगढीस्थित सेती प्रादेशिक अस्पतालले शुक्रबार जारी गरेको प्रेस विज्ञप्ति अनुसार कैलालीमा १३, डोटीमा १२, कञ्चनपुरमा सात, बैतडीमा चार, अछाममा तीन र बझाङमा एक जनामा कोरोना पुष्टि भएको हो।
पछिल्लो २४ घन्टामा दुई सय ६९ जनाको कोरोना परीक्षण गरिएको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
