मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भारतमा अपराधी पक्राउ गर्न गएका डीएसपीसहित ८ प्रहरीको आपराधिक समूहबाटै हत्या

भारतमा अपराधी पक्राउ गर्न गएका डीएसपीसहित ८ प्रहरीको आपराधिक समूहबाटै हत्या

भारतमा आपराधिक समूहलाई पक्राउ गर्न जाँदा डीएसपीसहित ८ जना प्रहरीको आपराधिक समूहबाटै हत्या भएको छ ।
 |  शुक्रबार, असार १९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १९, २०७७

भारतमा आपराधिक समूहलाई पक्राउ गर्न जाँदा डीएसपीसहित ८ जना प्रहरीको आपराधिक समूहबाटै हत्या भएको छ।

उत्तर प्रदेशस्थित कानपुर जिल्लामा कुख्यात अपराधी विकास दुवेलाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि आपराधिक समूहले गोली चलाएको थियो।

गोली लागेर डिपुटी एसपी देवेन्द्र मिश्रासहित तीन सबइन्स्पेक्टर  चार कन्स्टेवलको मृत्यु भएको कानपुर प्रहरीलाई उधृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

घटनामा चार प्रहरी घाइते भएका छन्। कानपुरको चौबेपुरको बिकरुगाउँमा भएको सो घटनामा प्रहरीमाथि अन्धाधुन्ध गोली चलेको यियाे। 

कुख्यात अपराधी दुवेलाई पक्राउ गर्न लामो समयदेखि प्रहरीले ताकेता गर्दै आएको छ। प्रहरीले उनको टाउकोकाकाे मोल २५ हजार तोकेको थियो।

जिल्ला पञ्चायतका पूर्व सदस्य दुवेविरुद्ध विभिन्न ५३ अभियोग रहेको कानपुर प्रहरीले जनाएको छ ।

प्रकाशित: Jul 03, 2020| 11:29 शुक्रबार, असार १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।