काठमाडौं- नेपालका साढे १४ हजारभन्दा बढीलाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भइसकेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार देशभरका आठ जिल्लामा पाँच/पाँच सयभन्दा बढी संक्रमित छन्।
जसमा प्रदेश २ र प्रदेश ५ का तीन/तीन तथा कर्णाली र सुदूरपश्चिमका एक/एक जिल्ला रहेको उनले जानकारी दिए।
पाँच सयभन्दा बढी संक्रमित रहेका जिल्ला
प्रदेश २
महोत्तरी, रौतहट र सर्लाही
प्रदेश ५
कपिलवस्तु, पाल्पा र दाङ
कर्णाली
दैलेख
सुदूरपश्चिम
कैलाली
