मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बर्थिङ सेन्टर निर्माणलाई लिएर दुई गाउँलेबीच झडप, स्थिति नियन्त्रणमा लिन हवाई फायर

बर्थिङ सेन्टर निर्माणलाई लिएर दुई गाउँलेबीच झडप, स्थिति नियन्त्रणमा लिन हवाई फायर

धनुषामा बर्थिङ सेन्टर निर्माणका विषयमा दुई गाउँका स्थानीयबीच झडप भएको छ।
 |  शुक्रबार, असार १९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १९, २०७७

धनुषामा बर्थिङ सेन्टर निर्माणका विषयमा दुई गाउँका स्थानीयबीच झडप भएको छ।

विदेह नगरपालिका–२ दुहबीस्थित स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर निर्माणको विषयमा विवाद हुँदा प्रहरीले दुई राउण्ड हवाई फायर गरेको छ।

दुहबी र गोबराहीको स्थानीयबीच झडप हुँदा प्रहरीले स्थिति नियन्त्रण गर्न हवाई फायर गरेको प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए।

बर्थिङ सेन्टर बनाउने विषयमा २ दिनदेखि विवाद हुँदै आएको र शुक्रबार बिहान दुई पक्षबीच झडप भएको प्रहरीले जनाएको छ।

भीड तितरबितर गर्न प्रहरी पुगेपछि दुहबी सिमा प्रहरी चौकीमा समेत स्थानीयले ढुंगामुढा गरेको प्रहरी उपरीक्षक बस्नेतले बताए।

झडपमा दुई जना घाइते भएको र उपचारका लागि जनकपुर प्रादेशिक अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित: Jul 03, 2020| 11:29 शुक्रबार, असार १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।